आज धेरै ठाँउमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार

२०८० माघ २१ आइतबार ०६:२२:०० मा प्रकाशित

काठमाडौ । मुलुकभरको मौसम शनिबार रातिदेखिनै बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु सक्रिय भएसँगै मुलुकभरको मौसम प्रभावित भएको हो । पश्चिमी क्षेत्रबाट लागेको बादल क्रमिकरुपमा सर्दै पूर्व तर्फ पनि ढाकेको छ । पश्चिमी वायुको प्रभाका कारण अहिले देशभर बादल लागेको छ । बादल लाग्ने प्रणाली सक्रिय भएकाले आज अधिकांस स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा गएराति छिटफुट वर्षा भएको छ । काठमाडौंमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । मधेस प्रदेशमा विहानी पख हुस्सु लागेपनि त्यहाँ वर्षाको सम्भावना भने नरहेको मौसमवीद रोजन लामिछानेले बताए ।

पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र सोमबारदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमवीद् लामिछानेले बताए ।

पानी पर्ने भएकाले आइतबार देशभर चिसो बढ्ने छ । वर्षा रोकिएसँगै विस्तारै तापक्रम बढ्दै जाने छ ।