लंकुमा हुने प्राणप्रतिष्ठा महोत्सव सम्पन्न गर्न रत्ननगर र राप्तीमा उपसमिति गठन

२०८० माघ १८ बिहीबार १९:४१:०० मा प्रकाशित

चितवन भरतपुर -४, धर्मचोक, लंकुमा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको आगामी फागुन २ देखि १० गतेसम्म चल्ने लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० सम्पन्न गर्न आज रत्ननगर १० र राप्ती -४ मा उपसमिति गठन गरिएको छ।

मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको उपस्थितिमा रत्ननगर -१०, सिद्धेश्वरधाम मन्दिरमा बसेको एक भेलाले दामोदरी मिश्रको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ। यस्तै सह- संयोजकमा गङ्गाराम आचार्य , सचिवमा सदानन्द आचार्य , कोषाध्यक्षमा गोविन्द अधिकारी ,सदस्यमा वासुदेव आचार्य , भागवत आचार्य ,धनेश्वरआचार्य ,नेमराज पौडेल ,लक्ष्मी घिमिरे , राधिका मिश्र ,दुर्गादत्त रिजाल चयन हुनुभएको छ।

आज नै राप्ती-१० उपसमिति पनि गठन गरिएको छ। राप्ती-४स्थित ,लक्ष्मीनारायण मन्दिरमा बसेको धार्मिक समुदायको एक भेलाले श्रीहरि गौतमको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ। सह- संयोजकमा लक्ष्मी पौडेल , सचिवमा यादवेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा चतुर्भुज तिमल्सिना,सदस्यमा जगन्नाथ श्रेष्ठ ,गोपाल निउरे ,जमुना श्रेष्ठ ,गोमा श्रेष्ठ ,विष्णु रिमाल चयन हुनुभएको छ।