नवलपुरका गायक राजन गुरुङको नयाँ गित ‘साँझको बेला’ सार्वजनिक

२०८० माघ १३ शनिबार ०५:०६:०० मा प्रकाशित

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा पहिलो पटक युट्युवमा करोड भ्युज पुगेको गीत ‘उही खोलीमा पानी’का गायक राजन गुरुङको नयाँ गीत सार्वजनिक गरिएको छ । थोरै गीत गाउने तर मौलिक गीत ल्याउने गरेका राजनको ‘साँझको बेला’ बोलको गीत सार्वजनिक गरिएको हो । यस गीतको लय भने पुरानै हो । वरिष्ठ सर्जक स्व. तिर्थ गन्धर्वको कम्पोज रहेको यो गीत एकसमयको निकै लोकप्रिय पनि हो । स्व. गन्धर्वका छोरा कुमार गन्धर्वसँगको सहकार्यमा त्यसै लयमा बसन्त थापाले नयाँ शैली लिएर कम्पोज गरेका छन् । गीतमा प्रलाद सुवेदीको शब्द रहेको छ । गीतमा राजनसँगै सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । 
गीतको भिडिओ मौसम हिमालीले निर्देशन गरेका हुन् भने पुष्प खड्का, कविता नेपाली, राजन गुरुङ र अमृता देवी गुरुङको अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडिओ मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतको बिषयमा गायक राजनले आफूले सधैं नेपाली गीतसंगीतको क्षेत्रमा मौलिकता नछाड्ने बताउँछन् । नेपाली लोकगीत भन्ने बित्तिकै मौलिकता झल्किनुपर्ने उनको धारणा छ । पछिल्लो समयका कतिपय लोकगीतमा मौलिकता हराएको उनी बताउँछन् । मैले आजभन्दा सात बर्ष अघि सार्वजनिक गरेको उही खोलीको पानीलाई दर्शकले जुन किसिमको माया दिनुभएको थियो, त्यो बेलादेखी नै मौलिकता भरिएका गीत ल्याइरहेको छु । दर्शक तथा स्रोताले साथ दिनुभएको छ खुसी लाग्छ । गायक गुरुङले  भने । अहिलेको यस गीतलाई सार्वजनिक भएको केहिदिन भयो उत्तिकै माया दिइरहनुभएको छ ।

गीतको भिडिओ नेपालकै पहिलो होमस्टे तथा सुन्दर पर्यटकीय गाउँ स्याङ्जाको सिरूबारीमा छायाङ्कन गरिएको हो । गीतमा सिरूबारी गाउँका प्राकृतिक तथा मानव निर्मित संरचनाहरूका दृश्यावलीहरू कैद गरिएकाले गीत अझै सुन्दर बन्न पुगेको छ ।राजन गुरुङ नवलपुरको कावासोती निवासी गायक हुन् ।