गैँडाकोटमा बिहीबार स्थानीय बिदा

२०८० मङ्सिर ५ मंगलबार १६:१७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा बिहीबार स्थानीय बिदा दिइएको छ ।

हरिबोधनी एकादशीका दिन ७ गते बिहीबार गैंडाकोट नगरपालिका अन्तरगतका सबै सरकारी कार्यालय, शैक्षिक सस्था तथा सार्वजनिक संस्थाहरुमा सार्बजनिक बिदा दिइएको हो ।

संघीय तथा प्रदेश सरकारले दिएको बिदा बाहेक स्थानीय तहबाट पालिका स्तरको निर्णय गरी बिदा दिइएको हो ।

गत २०७९ चैत्र ४ गते कार्यपालिका बैठकले निर्णय गरी बिदा दिएको हो ।

सो सूचना गैँडाकोट राजपत्रमा प्रकाशित समेत भईसकेको छ ।