३ प्रदेशमा हिमपातको सम्भावना बाँकी भूभागको मौसम सफा रहने

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पनि तीनवटा प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, वागमती र गण्डकीका उपल्लो भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना देखिएको हो।
आज दिउँसो गण्डकी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, वागमती गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।