नेरेसो नारायणपुर उपशाखाको लेखा व्यवस्थापन तालिम सम्पन्न

२०८० मङ्सिर २ शनिबार १८:१२:०० मा प्रकाशित

भरतपुर । भरतपुर महानगरपालिका-५ मा रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाको रजत जयन्तीको अवसरमा जिल्लाका सबै रेडक्रस उपशाखाका कोषाध्यक्ष तथा प्रतिनिधिलाई लक्षित गर्दै लेखा व्यवस्थापन तालिम सम्पन्न गरिएको छ ।

संस्थाका कोषाध्यक्ष झलकप्रसाद सिग्देलको संयोजनमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५५ जना सहभागी थिए । कार्यक्रमका सहभागीलाई स्वागत गर्दै संस्थाका अध्यक्ष शिवप्रसाद सापकोटाले कार्यक्रमको औचित्य बारेमा पनि बोलेका थिए । रेडक्रस केन्द्रीय सदस्य एवम् जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद पौडेलको प्रमुख आथित्य र भरतपुरमहानगरपालिका वडा नम्बर -५ का अध्यक्ष युद्दप्रसाद श्रेष्ठको विशिष्ठ अथित्यता रहेको कार्यक्रममा स्थानीय संघसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रम भरतपुर -५ स्थित नेरेसो नारायणपुरको भवनमा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद पौडेलले अहिले रेडक्रसमा देखिएको समस्या आर्थिक पारदर्शिताको कमी र कमजोर लेखाले उत्पन्न भएको बताए । यस्तो विसम परिस्थितिलाई न्युनीकरण गर्न लेखा व्यवस्थापन तालिमको आवश्यकता रहेको र उक्त आवश्यकताको पूर्ति नारायणपुर उपशाखाले गरेकोमा आभार व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा सहजकर्ताको भूमिका रजिष्ट्रड लेखा परिक्षक शरदकुमार बर्तौलाले गरेका थिए ।
प्रशिक्षण तथा तालिम कार्यक्रममा जिल्ला शाखाका कार्यसमिति, नारायणपुर उपशाखाका सल्लाहाकार, यशस्कर सदस्य र संस्थाका कार्यसमितिको उपस्थिति थियो ।