गैँडाकोटमा गैँडाद्वारा मकैबालीमा क्षति

गैँडाकोट । गैँडाकोटमा गैँडा मानव बस्ती पसेर बालीनाली खाने तथा क्षती पुराउन थालेको छ । गैँडा बस्ती पसेर कृषकले भित्राउन तयारी अवस्थामा रहेको मकै नष्ट गरिदिएको हो ।
गैँडाकोट ६ सृजनशिल टोलमा पसाएको मकै खाइदिनुका साथै नष्ट गरेको हो । स्थानीय गोपाल आचार्य लगायतको मकैबाली नष्ट गरेको छ । दिनहुँ गैँडा बस्ती पस्न थालेपछि स्थानीय रुष्ट छन् ।
चितवन राष्ट्रिय निकुञ्जको ज्ञानेश्वर ब्लक हुँदै गैँडा नारायणी नदी तरेर गैँडाकोट सम्म आउने गरेको छ । वर्षेनी यहाँ नारायणी तटका बासिन्दा गैँडाका कारण हैरानी खेप्नुपरेको बताउँछन् । गैँडाकोट नगरपालिकाले गैँडा लगायतका बन्यजन्तु रोकथामको प्रयास गरेपनि सफल हुन सकेको छैन ।
गैँडाकोट ६ र ७ मा अत्यधिक मकै उत्पादन हुने गर्दछ । पसाएर बेच्ने अवस्थामा रहेको मकै गैँडाले क्षति पुराएपछि गैँडा नियन्त्रण तथा रोकथामको माग गरेका छन् ।