कावासाेतीमा जारी महाेत्सवमा आज अर्जुन सापकोटा र तारा थापाकाे प्रस्तुति रहने

२०८० मङ्सिर २ शनिबार १२:२२:०० मा प्रकाशित

कावासाेती । नवलपुरकाे कावासाेतीमा जारी प्रथम नवलपुर मगर साँस्कृतिक, कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवकाे दाेस्राे दिन आज कलाकारहरु अर्जुन सापकोटा र तारा थापाकाे प्रस्तुति रहने भएको छ।

कावासाेतीकाे टुवर्ग खेल मैदानमा जारी महाेत्सवमा राष्ट्रिय कलाकारहरु सापकोटा र थापा सहित स्थानीय कलाकारकाे समेत प्रस्तुति रहने आयाेजक संस्था नेपाल मगर संघ नवलपुर जिल्ला समन्वय समितिका सचिव नम्सु सुनारी मगरले बताउनुभयो ।

महाेत्सवमा मनाेरञ्जनका लागि बाल उधान सहित संस्कृति झल्काउने विभिन्न घरहरु सहित सामाग्री समेत प्रदर्शनमा राखिएको छ । महाेत्सव मंसिर ११ गते सम्म चल्ने छ ।