काँग्रेस महामन्त्री गगन थापा नवलपुर आउँदै

कावासोती । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नवलपुर आउनु हुने भएको छ ।
नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनमा सहभागी हुन उहाँ नवलपुर आउन लाग्नुभएको हो ।
यहि मंसिर ६ गते कावासोती–१६ डण्डामा रहेको राष्ट्रिय थारु संग्रहालयको सभाहलमा हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा नवलपुर आउन लाग्नुभएको नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ का सह सभापति सुर्य गुरुङले जानकारी दिनुभयो ।