पढदैँ कमाउँदै, जनक नमुना माबिका विद्यार्थी फूलखेतिमा

२०८० कार्तिक २८ मंगलबार १८:५६:०० मा प्रकाशित

गैँडाकोट । जनक नमुना माध्यामिक विद्यालयको प्रबेशद्धारबाट देब्रे तर्फ सुन्दर फूलहरु फुलिरहेको देख्न सकिन्छ । विद्यार्थीहरुले करिब ३ महिना पहिले लगाएको साना साना सयपत्री फूलका विरुवा ढकमक्क भएका छन । पढदै कमाउँदै कार्यक्रम अन्र्तगत विद्यार्थीले सयपत्री खेती गरेका हुन् । उनिहरुले फूल गाडमेल गर्ने, स्याहार गर्ने गरे यसले व्यवसायिक सिप सिकाएको विद्यार्थी शर्मीला पौडेलको बुझाई छ । 
कक्षा १० का सुदिप श्रेष्ठले विदाको समयमा आफुले लगाएको फूल हेर्न विद्यालय आउनुहुन्थ्यो फलको सुन्दरता र आफ्नो मेहनतले सिकाएको सिपले उहाँ खुसी हुनुहुन्छ । विद्यालयमा राष्टपति पढदै कमाउदैँ कार्यक्रम अन्र्तगत माहुरी पालन भइरहेको छ यसले कमाउन सिकाएको, आत्मनिर्भर बन्न प्रेरित गरेको उहाँको भनाई छ । 
हिजो आज विद्यालयमा विद्यार्थीले औपचारिक अध्ययन मात्र नभई व्यवसायिक सिप र व्याहारिक ज्ञान पनि सिक्दै आएका छन् । त्यसैको एक उदाहरण बनेको छ । गैँडाकोटमा रहेको जनक नमुना माध्यामिक विद्यालय । अहिले यहाँका विद्यार्थीले खेल्ने चौरलाई फूलबारी बनाएर ढकमक्क सयपत्री फुलाएका छन् । विद्यालयले प्रोत्साहन गरेपछि व्यवहारिक अध्ययन सँगै व्यवसायिक बनेका हुन ।
विद्यालय र शिक्षकहरुको सहयोग, प्रोत्साहनले विद्यार्थीहरु खुसी छन् । विद्यालयमा मात्रै होइन यसअघिका तिहारमा फूल किन्ने विद्यार्थीले आफ्नै घरमा पनि फूल लगाएका छन । विद्यार्थी जानुका श्रेष्ठले घरमा पनि फूल लगाउनुभएको छ । 
विद्यार्थीलाई व्यवहारिक र व्यवसायिक सिप सिकाउन विद्यालयले फूलखेती गरेको जनक नमुना माध्यामिक विद्यालयको सहायक प्रधानाध्यापक नारायणप्रसाद शर्माले बताउनुभयो । विद्यालयले पहिलो पटक फूलखेती गरेको हो । यसअघि पनि बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै यस किसिमको सिकाइले विद्यार्थीमा सकारात्मक प्रभाव पर्ने उहाँ बताउनुहुन्छ । 
विद्यार्थीलाई सिक्दै कमाउँदै गर्ने अवसर मात्र प्राप्त भएको छैन, विद्यार्थीले पुस्तकको पढाइसँगै व्यावसायिक ज्ञान र सिपसमेत पाउने मौका मिलेको छ ।