जम्मू कश्मीरको मौसमी प्रभावले चिसियो नेपाल

२०८० कार्तिक २७ सोमबार ०६:०४:०० मा प्रकाशित

काठमाडौं- आज उच्च पहाडी र हिमाली भूभागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आवश्यक देखिएको छ। जम्मू कश्मीरको मौसमी प्रभावले नेपाल चिसिएको छ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहनेछ।