कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभा भरतपुरमा सम्पन्न 

२०८० असोज १३ शनिबार ०७:०३:०० मा प्रकाशित

कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि भरतपुरको १३ औ साधारणसभा भरतपुरमा सम्पन्न भएको छ ।  जेष्ठ सहकारी सदस्य तारक बहादुर के सी को प्रमुख आथत्यतामा कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि भरतपुर को १३ ओं साधारणसभा तथा पाचौं अधिवेशन संस्थाका अध्यक्ष कृष्णप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भयो । 

२० लाख ३० हजार ५ सय शेयर पुंजि एक करोड दस लाख वचत रहेको जानकारी कोषाध्यक्ष को प्रतिवेदनमा उल्लेख भएको कार्यक्रम को सहजिकरण संस्था को सचिव रमा ढुगांनाले गर्नुभएको सो कार्यक्रममा शेयर सदस्य कृष्णप्रसाद पौडेल ,बिशिस्ट अतिथि हरु जयेन्द्र पौडेल , कृष्णहरि पण्डित , बाशुदेव सापकोटा , नोदनाथ लामिछाने मन्तव्य राख्नुभएको थियोे भने स्वागत उपाध्यक्ष रन्जना पौडेलले गर्नु भएको थियोे ।

अधिवेशनले नयाँ कार्य समिति चयन भएको जानकारी निर्वाचन संयोजक कृष्णहरि पण्डितले जानकारी दिनुभयो । जसमा अध्यक्ष पदमा शुभद्रा रेग्मी , उपाध्यक्षमा विश्व दर्शन ढुंगाना , सचिवमा राधा भुसाल भण्डारी, सहसचिवमा दया प्रसाद रेग्मी , कोषाध्यक्षमा शोभा ढकाल सदस्य हरुमा रणवहादुर सापकोटा,शिवराम अर्याल ,दिवश आचार्य , पुजन थपलिया, हरिबहादुर अधिकारी र हरि गौतम, लेखा समिति संयोजकमा रमा ढुंगाना आचार्य,ऋण समिति को संयोजक मा शिवराज अर्याल , शिक्षा समिति को संयोजकमा रण बहादुर सापकोटा रहनु भएको निर्वाचन संयोजक कृष्णहरि पण्डितले जानकारी दिनुभयो ।