नारायणी सामुदायिक वनको ११ औँ बार्षिक साधारण सभा सम्पन्न

२०८० असोज १२ शुक्रबार १९:०४:०० मा प्रकाशित


नारायणी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटले ११ औँ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको परिसरमा भएको कार्यक्रममा बोल्दै बनका अध्यक्ष दिनानाथ त्रिपाठीले “दीगो विकासका लागि वन व्यवस्थापन” नाराका साथमा नारायणी वनले नीति निर्माण गर्दै काम गरिरहेको बताउनुभयो । 
उहाँले वातावरण मैत्री उद्यान, सिमसार संरक्षणसँगै वन संरक्षणमा जुटिरहेको बताउनुभयो । गैँडाकोट ६, ७ र ९ लाई कार्यक्षेत्र वनाएर काम गरेको नारायणी सामुदायिक वनले नाङ्गा डाँडाहरुमा बृक्षरोपण, भु–क्षय न्यूनिकरण, वन अतिक्रमणको न्यूनिकरण, वन्यजन्तुको संरक्षण र जैविक बिबिधताको संरक्षण गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । 
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मेघराज पौडेलले वन संरक्षणमा सामुदायिक वनहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । साथै उहाँले सबैसँगको सहकार्यले नै वनलाई संरक्षण गर्न सकिने, पानीको मुहान बचाउन सकिने, जडिबुटी जनावर, चराचुरुङ्गीको संरक्षणमा पनि बिशेष मद्दत पुग्ने बताउँदै आगामी दिनमा पनि यसरी नै अगाडी बढ्न आग्रह गर्नुभयो । 
नारायणी सामुदायिक वन उपभोक्ता समूहका सचिव उमाकुमारी पाण्डेले बार्षिक प्रगतति प्रतिवेदन प्रस्तुत गर्दै वनबाट प्राप्त हुने वन पैदावारको न्यायोचित वितरण, वन स्रोतबाट प्राप्त भएको आम्दानीको समूहको कार्यक्षेत्रमा रहनुभएका उपभोक्ताको जिवनस्तरमा सुधार ल्याउन जिवीकोपार्जनका कार्यक्रम सञ्चालन, वन संरक्षण र सम्र्बदनका लागि उपभोक्तासँग सहकार्य गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । 
आर्थिक प्रतिवेदन कोषाध्यक्ष नेत्रराज सापकोटाले प्रस्तुत गर्नुभएको थियो । उहाँले हाम्रो वन सम्पूर्ण उपभोक्ताको धन भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी बढेको बताउनुभयो । वन क्षेत्र ४ सय ६६.०२ हेक्टर क्षेत्रफलमा फैलिएकोे छ । आगामी दिनमा अझै उपभोक्तालाई सहज बनाउने र सहकार्य गर्दै अगाडी बढ्ने पनि उहाँको भनाई छ । संस्थाको हाल आर्थिक बर्ष २०७९÷०८० असार मसान्तसम्म कुल पँुजीगत कोष १ करोड ५५ लाख ५७ हजार ९ रुपैया ३ पैसा र स्थिर सम्पत्ति १ करोड २० लाख १६ हजार १७ रुपैँया रहेको छ । 
लेखा समितिको प्रतिवेदन लेखा तथा सुपरीवेक्षक संयोजक अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । उहाँले समूहले आम्दानी र खर्चको विवरण पारदर्शी राखेको, वन संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको साथै समुह क्षेत्रभित्र सामाजिक र गरिवी निवारण, जिवीकोपार्जनका काम गरेको बताउनुभयो । 
कार्यक्रममा जनप्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि, संस्थाका संस्थापक अध्यक्ष खगराज सापकोटा, उपभोक्ता लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बेदप्रसाद चालिसेले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव उमा कुमारी पाण्डेले गर्नुभएको थियो ।