विजय सामुदायिक आन्तरिक पर्यटन प्रवद्धनमा देशभरबाट उत्कृष्ट
गैँडाकोट । गैँडाकोटको विजय सामुदायिक शिक्षा सदन आन्तरिक पर्यटन प्रवद्धनका लागि देशभर बाट उत्कृष्ट भएको छ ।
टुरिजम रिसर्च एन्ड ट्रेडिङ ईन्स्टिच्युट र ग्लोबल ट्राभल एण्ड टुरिज्म पार्टनरसिप नेपालले नेपाल पर्यटन बोर्ड र यूएनडिपिसँग समन्वय गरि आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलन २०२३ मा शुक्रबार विजय सामुदायिक शिक्षा सदनमा गठित विजय नेसनल सस्टेनेबल टुरिज्म क्लबलाई उत्कृष्ट क्लबका रुपमा छनोट तथा सम्मान गरेको हो ।
टुरिजम रिसज एण्ड ट्रेडिङ् इसिच्युटले नेपालको आन्तरिक पर्यटन प्रवद्धनात्मक संचालन गरेको पहिलो चरणको एक सय बिद्यालय लक्षित पर्यटन सचेतना कार्यक्रममा सहभागीता जनाउँदै देशभर गठन गरिएका नेशनल सस्टेनवल टुरिजम क्लब मध्य विजय सामुदायिक शिक्षा सदन उत्कृष्ट भएको हो । कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका पुर्व सचिव केदारबहादुर अधिकारीले सम्मान पत्र र ट्रफी प्रदान गरी सम्मान गर्नुभएको थियो ।
विजय सामुदायिक शिक्षा सदनका प्रधानध्यापक एवम् बिद्यालयमा गठित विजय नेशनल सस्टेनेवल टुरिजम क्लबका संरक्षक रेखा श्रेष्ठले बिद्यालयले स्थानीय पर्यटन प्रवद्धनमा गरेको योगदानको मुल्याङ्कन गरेर सम्मानीत गरेकोमा खुशी लागेको बताउनुभयो । नवलपुर र चितवनमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्धन र जानकारी दिन साथै संरक्षणमा प्रोत्साहन गर्न बिद्यालयले समयसमयमा संरक्षण मुलक, सचेतनामुलक बिषयमा सरोकारबाला तथा स्थानीयसगँ अन्र्तक्रिया गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौमा भएको सो कार्यक्रममा टुरिजम रिसज एण्ड ट्रेडिङ् इसिच्युटका अध्यक्ष मदनकुमार बरालको अध्यक्षतामा भएको थियो । उक्त सम्मान कार्यक्रममा प्रधानाध्यापक रेखा श्रेष्ठ सहित शिक्षक संयोजक सरिता बानीया भुसाल र क्लबका बिद्यार्थी सदस्य राशीका सापकोटाको सहभागीता रहेको थियो ।

