स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री कसरी खोज्ने ? 

२०८० भदौ १ शुक्रबार ०७:४०:०० मा प्रकाशित


 
आज हामी तपाईंहरूसँग स्थानीय पाठ्यक्रमका विषयमा आफ्ना अनुभूति बाँड्न चाहन्छौं  । स्थानीय पाठ्यक्रमका बारेमा तीन वर्ष पहिले शिक्षक मासिक पत्रिकामा केही लेखहरु पढ्ने अवसर पाएका थियौँ  । त्यसपछि गैँडाकोट नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम बनाएको कुरा समाचारमा थाहा पायौँ ।  

यसपछि स्थानीय पाठ्यक्रमका बारेमा हामीले छोरीबाट सुनेका थियौँ । उनले पढ्दै गर्दा हामीले सुनेका थियौँ “हाम्रो घर वरपरका क्षेत्रहरुको अध्ययन गर्ने गराउने गरी तयार पारिएको पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो ।” उनी त्यतिबेला कक्षा १ मा पढ्थिन् । यस पश्चात् स्थानीय पाठ्यक्रमका विषयमा एउटा आलेख लेख्ने जमर्कोमा पाठ्यक्रम सर्सर्ती अध्ययन गर्ने अवसर मिलेको थियो ।  त्यो आलेखका लागि प्रयाप्त सूचना पालिकाबाट पाउन नसकेपछि त्यतिकै अधुरो रह्यो ।  

अहिले स्थानीय पाठ्यक्रमका विषयमा घरमा हुने छलफलले हामीलाई केही लेख्न र खोज्न अभिप्रेरित ग¥यो । घरआसपास संस्थागत र सरकारी दुबैखाले विद्यालयमा पढ्ने बाबुनानीको स्थानीय विषयको कपि हे¥यौँ । उनीहरूको कपी हेरीसकेपछि, हामीलाई लाग्यो, हामीले आफै तयारी गर्नुको विकल्प छैन् । कुनै एक विद्यालयमा ५ कक्षाका विद्यार्थीहरूका लागि साप्ताहिक एक घण्टीमात्र समय उपलब्ध भएको तीतो यथार्थ सुन्न र देख्न पनि पायाँै । यसो हुनुको मुख्य कारण शिक्षकले सिकाउने विषयवस्तुको खाका तयार गर्न असजिलो मानेर पो हो कि भन्ने अनुमान ग¥यौं । यसरी त पाठ्यक्रमले निर्धारित गरेका सिकाइ उपलब्धिहरू बालबालिकाहरूमा कसरी हासिल होलान् ? के यही तरिकाले बालबालिकालाई न्याय होला त ? भन्ने प्रश्नले पनि हामीलाई चिमोट्यो । 

करिब १५ दिन, दिनको २ घण्टाका दरले ३० घण्टामा केही न केही गर्न सकिने रहेछ । हामीले छोटो समयमा पाठ्यक्रमलाई अन्याय नहुने गरी, विद्यार्थीलाई न्याय हुने गरी कक्षा ३ का विद्यार्थीलाई आफ्नो पालिका भित्रका विभिन्न पक्षको जानकारी दिन सन्दर्भ सामग्री तयार पारेका हाँै । यो सन्दर्भ सामग्री गैंडाकोट नगरपालिकाको स्थानीय पाठ्यक्रमसँग सम्बन्धित छ । 

यो सन्दर्भ सामग्री प्रयाप्त नहुन पनि सक्छ । भर्खर विद्यालय शिक्षामा प्रवेश गरेको शिक्षक र पत्रकारिताको एउटा विद्यार्थीले तयार पारेको शिक्षण सामग्री पूर्ण नहुन पनि सक्छ । यो हाम्रा लागि सिकाइ हो । सन्दर्भ सामग्रीको अभावमा कक्षाकोठामा के सिकाउने भन्ने समस्याका कारण स्थानीय विषयको पाठ्यक्रम कार्यान्वयनमा आउन नसकेको अवस्थामा यो एउटा सुरुवात हुनसक्छ भन्ने हेतुले हामीले यसलाई तयार पारेका हौं । यसमा सुधार गरेर अभैm अघि बढ्न सकिन्छ ।

आधारभूत तह (कक्षा १–३) को स्थानीय विषय पाठ्यव्रmममा आधारित रहेर कक्षा ३ का लागि तयार पारिएको यस सन्दर्भ सामग्रीले विशेषरुपमा अमरापुरी क्षेत्रलाई केन्द्रमा राखेको छ । गैँडाकोटको आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रमले शिक्षण सामग्री तयार पार्दा पालिका भरिको सम्पूर्ण जानकारी दिएर साना बाबुनानीलाई भारी नबोकाउँ भन्ने आशय बोकेको रहेछ । त्यसैले हामीले अमरापुरी क्षेत्रमा पनि विशेष गरी बालउदय आधारभूत विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै यो सन्दर्भ सामग्री निर्माण गरेका हाँै  । 


शिक्षण सामग्रीको एउटा पाठ उदाहरणको रुपमा यहाँ राखेका छाँै ।
 


सन्दर्भ सामग्री कसरी तयार पार्ने ? 

हामी निश्चित पाठ्यपुस्तकमा निर्भर रहेर कक्षा कोठामा पढाउँछाँै । हामीलाई किताब हेरेर पढाउने बानी परेको छ । स्थानीय विषयको किताब छैन । पाठ्यक्रम हेरेर सिकाउनु पर्ने छ । यो विषय झण्झटिलो छैन, रमाइलो छ । स्थानीय विषयको पाठ्यक्रमबाट आवश्यक सन्दर्भ सामग्री कसरी तयार पार्ने ? केही हाम्रा अनुभव यस्ता छन् । जो तपाईंहरुका लागि उपयोगी हुन सक्छ । 

१. स्थानीय विषयको पाठ्यक्रम साथमा लिनुहोस् । 

सबैभन्दा पहिला तपाईंसँग स्थानीय पाठ्यक्रम हुन जरुरी छ । यदि छैन भने विद्यालय प्रशासनसँग स्थानीय विषयको पाठ्यक्रम उपलब्ध गराइदिन अनुरोध गर्नुहोस् । कतिपय विद्यालयलाई फोटोकपि गरेर दिन गाह्रो लाग्न पनि सक्छ । आवश्यक शिक्षण सामग्रीका लागि राज्यले विद्यालयलाई निश्चित रकम पठाएको हुन्छ । ढुक्क भएर माग्नुहोस् । यदि विद्यालयमा उपलब्ध भएन भने गैँडाकोट नगरपालिकाको शिक्षा शाखासँग समन्वय गर्नुहोस्, त्यहाँबाट पनि प्राप्त गर्न सक्नुहुन्छ । तपाईंसँग स्मार्ट फोन र ल्यापटप छ भने नगरपालिकाको वेभसाइटबाट डाउनलोड गर्न पनि सकिन्छ । यो पनि उपलब्ध हुन सकेन भने कम्प्युटर सेवा उपलब्ध हुने पसलबाट सेवा लिन सक्नुहुन्छ ।  

२. गँैडाकोट नगरपालिका जानुहोस् ।

गँैडाकोट नगरपालिकाको कृषि क्षेत्रको बारेमा थाहा पाउनका लागि कृषि शाखासँग गैँडाकोट भित्र गरिने कृषि कार्य र कृषि क्षेत्रका बारेमा जानकारी लिनुहोस् । कुन कुन क्षेत्रमा कुन कुन कृषिबाली लगाइन्छ ? कुन सिजनमा कुन बाली हुने गरेको छ ? आवश्यक सबै जानकारी थाहा पाउनु हुनेछ । 

पशु  विकास शाखाबाट पशुपालनका विषयमा आवश्यक जानकारी प्राप्त गर्नुहुनेछ । पशु विकास शाखामा तपाईंले केही पुरानो नै भएपनि गैँडाकोटको पशुपालनको अवस्थाका विषयमा एउटा स्मारिका अध्ययन गर्न पाउनुहुनेछ । गैँडाकोट नगरपालिका भित्रका स्वास्थ्य शाखा, वातावरण शाखा, योजना शाखा, महिला तथा बालबालिका शाखाहरूबाट तपाईंले आवश्यक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । गैँडाकोट नगरपालिकाको वेभसाइट www.gaindakotmun.gov.np लग अन गरेर पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ । गँैडाकोट नगरपालिकाको जनसंख्या विवरणका लागि राष्ट्रिय तथ्यांक विभागको वेभसाइटमामा गएर राष्ट्रिय जनगणना २०७८ का सम्पूर्ण सूचना प्राप्त गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले https://censusnepal.cbs.gov.np लग अन गर्नुपर्ने हुन्छ । 

३. पुस्तक तथा पत्रपत्रिका संकलन गर्नुहोस् 

गँैडाकोट नगरपालिका भित्रको भूगोल, जनसंख्या, धर्मसंस्कृति, जातजाति, पेशा, व्यवसाय अध्ययनका लागि स्थानीय रुपमा प्रकाशन भएका पुस्तक तथा पत्रपत्रिका संकलन गर्नुहोस् । सहकारीका प्रतिवेदन, धार्मिक संघसंस्थाका प्रतिवेदन, जनजातिसँग सम्बन्धित स्मारिका, गँैडाकोट महोत्सवका स्मारिकाहरू, विजय खबर पत्रिका, गैँडाकोट नगरपालिकाको योजना पुस्तिकाहरू, विकू वर्णमालाको संकलन गर्नुहोस् । यसबाट मनग्य जानकारी लिन सक्नुहुनेछ । 

४. युनिसेफका सामग्रीहरु पढ्नुहोस् ।

युनिसेफ बालबालिकाका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । बालबालिका र शिक्षासँग सम्बन्धित यसले प्रकाशन गर्ने सामग्रीहरु संकलन गर्नुहोस् । युनिसेफ नेपाल वेभ संस्करणमा तपाईंले बालबालिकाको सर्वाङ्गिण विकासका लागि आवश्यक पर्ने कुराहरू अध्ययन गर्न पाउनुहुनेछ । बालबालिकाको अवस्था, मनोविज्ञान, पोषण, शारीरिक विकास, शिक्षाको सुधार सबै आयामका विषयहरु अध्ययन गर्न पाउनुहुनेछ । 

५. आफ्नै घरवरपरको समाज पढ्नुहोस् 

हाम्रो समाजका संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्नुहोस् । देख्नु र भोग्नु भन्दा पनि सिकाउनु जटिल कुरा हो । समाजका मूल्य र मान्यता कसरी सिकाउने भन्ने कुरामा घोत्लिनुहोस् । हाम्रो समाजमा बाबुनानीका लागि आवश्यक कुरा के हो ? प्राथमिकता तय गर्नुहोस् । सबैभन्दा सजिलो कुरा आफ्नो घरमा भएका साना बाबुनानीलाई अनुशासन, संस्कार, नैतिकता, समाजमा प्रस्तुत हुन कसरी सिकाउनुभयो ? तिनै कुराहरुलाई टिपोट गर्नुहोस् । बच्चाको संस्कार शिष्टाचारबाट सुरु हुन्छ । शिष्टाचारले संस्कार झल्काउँछ । संस्कारले अनुशासनमा बाँध्छ । साना बाबुनानीको असल बानीको विकासका लागि शिष्टाचार, संस्कार र अनुशासनमा जोड दिन जरुरी छ । यी कुरामा ख्याल राख्नुहोस् । सिकाउन सकिने कुराहरू तय गर्नुहोस् ।  

बाबुनानी चञ्चल हुन्छन् । एकै ठाउँमा स्थिर हुँदैनन् । उनीहरु चलायमान अवस्थामा सिकिरहेका हुन्छन् । उनीहरु खेल्दै सिकिरहेका हुन्छन् । उनीहरुले गाउँघरमा साथीसँगीबीच कस्तो खेल खेलेका छन् ? तिनै खेलको सहायतामा सिकाइ प्रक्रिया अघि बढाउन सकियो भने छिट्टै सिकाइ उपलब्धी हासिल हुन सक्छ । 


६. कक्षामा छलफल गर्नुहोस्, विद्यार्थी आफँैलाई खोज्न लगाउनुहोस् ।

शिक्षक मार्गदर्शक हुन् । शिक्षकले बाटो देखाउने हो । हिँड्ने काम विद्यार्थीको हो । विद्यार्थीलाई सानैदेखि आफै खोज्ने बानीको विकास गराउन जरुरी छ । हामीकहाँ यो हुन सकेको छैन । सहकारीको पाठ पढाउनु छ । सहकारी के हो ? के काम गर्दछ ? सहकारीमा हामी किन जान्छौँ ? सहकारीबाट के पाउँछौँ ? तिमी कुनै सहकारी गएका छौ ? तिमिले त्यो सहकारीमा के के देख्यौ ? त्यहाँ के राम्रो लाग्यो ? कक्षा कोठामा छलफल गर्नुहोस् । छलफलमा सबैलाई सहभागी गराउनुहोस् । सक्नुहुन्छ भने कुनै दिन सहकारीमा भ्रमण गराउनुहोस् । तपाईंको गाउँमा भएका कुनै ३ वटा सहकारीको नाम लेखेर ल्याउनुहोस्, तिनका एक एक वटा काम पनि लेख्नुहोस् भनेर परियोजना कार्य दिनुहोस् । उनीहरूले अभिभावकलाई सोध्न सक्छन्, छिमेकमा सोध्न सक्छन्, जसरी भएपनि उनीहरूले लिएर आउनेछन्  । यसले उनीहरूलाई परिपक्व बनाउँछ ।  हामीले तीन वटा सहकारीका नाम, बैंकका नाम, जडिबुटीका नाम ह्वाइट बोर्डमा लेखेर, सार्न लगाएर, रटाइरहेका छौँ भने यो शिक्षण शैलीले गुणस्तरीय जनशक्ति उत्पादन गर्न सक्दैनाँै । परियोजनामा आधारित शिक्षण सिकाइलाई जोड दिनुहोस् । 

७. निस्तो विषय होइन, रसिलो विषयवस्तु बनाउनुहोस् ।

स्थानीय विषयलाई निस्तो बनाएर विद्यार्थीमाझ पस्किरहेका छौँ । दुध पनि छैन, दाल पनि छैन, सागसब्जी पनि छैन, निस्तो भात विद्यार्थीले कसरी खान सक्छ । हामीले स्थानीय विषयको प्रस्तुतिलाई यस्तै निस्तो पो बनाएका छौँ कि । जुनमा रस छैन । साना बाबुनानीलाई रमाइलो लागेकै छैन । यो स्थानीय विषय बाबुनानीका लागि साह्रै रमाइलो विषय हो । विषयवस्तुलाई कथा बनाएर, कविता बनाएर, निबन्ध बनाएर, संवाद बनाएर उनीहरुलाई सिकाउने प्रयत्न गर्न सक्यौँ भने छिटो सिकाइ उपलब्धि हासिल हुन्छ । विद्यार्थीमा सिकाइ उपलब्धि हासिल हुने गरी अभ्यास कार्यहरु पनि तयार गर्न सकिन्छ । अभ्यास गर्दा गर्दै स्थानीय विषय सिक्न सजिलो होस । पढेको महशुस नहोस् । पढाइ खेल जस्तो होस् । अनि मात्र सिकाइ उपलब्धी दीर्घकालिन हुन सक्दछ । यतातर्फ हामीले सोच्न जरुरी छ । स्थानीय विषयवस्तुले अरु विषय बुझ्न र सिक्न पनि सजिलो बनाउँछ । आधार तय गर्दछ । 

आफ्नो नगरपालिकाभित्रका विद्यालयहरुमा बालबालिकालाई दैनिक व्यवहारसँग सम्बन्धित विषयवस्तुहरु, विशेषतः आचरण, बालबालिकाको व्यक्तित्व विकास, स्वास्थ्य, भोजन, वातावरण, यातायात र सञ्चार प्रविधि सम्बन्धी ज्ञान, सीप र सकारात्मक व्यहार परिवर्तन गर्न सचेतना शिक्षाको मलजल हुने गरी शिक्षण सामग्रीको तयारी गरेका हौँ । 

आफ्नो कामप्रति रुचि छ भने, पीडा त क्लेश पनि नहुने रहेछ भन्ने चाँहि महशुस गरेका छौँ । स्थानीय पाठ्यक्रमका सामग्रीहरु खोज्न गाह्रो रहेनछ । हुन त सानै देखिको रुचि थियो पुस्तकालय बनाउने । कुनै दिन काम लाग्छ भनेर जे भेटेपनि थपक्क लगेर पुस्तकालयमा पुस्तक राखिदिने । सानोतिनो पुस्तकालयमा संघसंस्थाका प्रतिवेदनदेखि स्थानीय विजय खबर पत्रिका खाँदीखुँदी राखेका छौँ । घरमा एकथान ल्यापटप छ । दुःख सुःख जोडेको इन्टरनेट छ । यति भएपछि खोज्न सजिलो पनि भयो । नजानेको कुरा जान्न र तरिका सिक्न हाम्रा आसपासमा अग्रजहरु हुनुहुन्छ । सानो छोरीबाट त नयाँ कुरा सिकि हाल्ने हामी जस्तो मानिसलाई समाजमा भएका अग्रजहरुबाट नयाँ कुरा सिक्न अप्ठेरो लाग्दैन । सबैभन्दा ठूलो कुरा भनेको खोज्ने बानीको विकास गर्न आवश्यक रहेछ ।