नेपालमा धर्मको संख्या १०, हिन्दु ८१ प्रतिशत

२०८० जेठ २० शनिबार १२:३८:०० मा प्रकाशित

काठमाण्डौ – नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को तथ्याँकअनुसार नेपालमा ८१ प्रतिशतभन्दा धेरै मानिसले हिन्दु धर्म मान्ने गरेको उल्लेख छ । २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१ दशमलव १९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८ दशमलव २१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५ दशमलव ०९ प्रतिशतले इस्लाम, ३ दशमलव १७ प्रतिशतले किराँत र १ दशमलव ७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्याँक कार्यालयका अनुसार जनगणनाको क्रममा उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार धर्म संख्या १० कायम भएको हो ।