नेकपा एमाले जिल्ला सदस्य उपाध्यायद्वारा पार्टी परित्यागको घोषणा 

२०८० जेठ १६ मंगलबार १६:०५:०० मा प्रकाशित

गैँडाकोट । नेकपा एमाले नवलपुर जिल्ला सदस्य गिरिराज उपाध्यायले एमाले परित्याग गर्नुभएको छ । बर्तमान पार्टी नेतृत्व ठुला ठुला भ्रष्टाचारको काण्डमा संग्लन रहेको तथा नेकपा एमाले कम्युनिष्ट पार्टीको मुल आर्दशबाटै बाहिर गएको भन्दै उपाध्यायले एमाले परित्याग गरेको घोषणा गर्नुभएको हो ।  नेपाल प्रगतीशिल प्रध्यापक संगठनको इन्चार्ज, पार्टी स्कुल विभागको सदस्य तथा एमाले गैँडाकोटका एकका इन्चार्ज समेत रहेका उपाध्यायले गन्तव्यहीन बाटोमा हिडेर बाटोमै हराउनु भन्दा त्यो बाटो नै नहिड्नु उपयुक्त हुने बताउनुभएको छ ।