गैँडाकोटमा प्राथमिक ट्रमा सेन्टर बन्ने 

२०८० जेठ १५ सोमबार १८:०६:०० मा प्रकाशित


गैँडाकोट
गैँडाकोटमा प्राथमिक ट्रमा सेन्टर बन्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०\०८१ को संयुक्त संसदमा बजेट प्रस्तुत गर्दै नवलपरासी पूर्वको गैँडाकोटमा प्राथमिक ट्रमा सेन्टर वनाई प्रयोगमा ल्याइने बताउनुभएको छ । उहाँले राष्ट्रिय ट्रमा सेन्टर बनाउनका लागि देशका बिभिन्न क्षेत्र सँगै  नवलपरासीको बर्दघाट र गैँडाकोटमा प्राथमिक ट्रमा सेन्टर बनाइने बताउनुभयो । 
स्वास्थ्य क्षेत्रमा ८३ अर्व ९९ करोड बजेट विनियोजन भएको अर्थमन्त्री महतले बताउनुभयो ।