हरेराम भजन गाउँदै सापकोटा भन्छन ः जिवन ईश्वरकै भरमा छ 

२०८० जेठ १३ शनिबार ०८:०७:०० मा प्रकाशित


गायक तथा संगितकार गोपाल सापकोटाको ह्द्यस्पर्शी “आउ बस रुख मुनि यहि हो हाम्रो घर......” नामक भजन सार्वजनिक भएको छ । 
पछिल्लो समाजको अवस्थालाई जिवन्त प्रस्तुत गर्नुभएको छ । पछिल्लो समय सन्तान भएर पनि परदेशिनुपर्ने बाध्यताका कारण बुबा आमा एक्लै घरबस्नुपर्ने अवस्थालाई भजनमा चित्रित गरिएको छ । परिवार, छोराछोरीको सहारा चाहेर पनि पाउन नसकेका बुबा आमा भगवानको शरणमा आफुलाई समर्पित गर्दे जिवन विताएको यर्थाथलाई सापकोटाले भजनमा टपक्क टिपेर माला जस्तै उनेका छन । 
लोकप्रिय संगित युट्युव च्यानलमा सार्वजनिक भएको सो भजनमा गोपाल सापकोटा र सुनिता बुढा आवाज रहेको छ । गोपाल सापकोटा, रमा रिजाल र सारिका केसीको जिवन्त अभिनय रहेको छ ।  यस भजनमा म्युजिक एरेन्ज हेमन्त कान्छा, मिक्सीङ कुमार राना, निर्देशक  गायक तथा संगितकार गोपाल सापकोटाकै रहेको यस भजनमा सह निर्देशक विनिता पौडेलको रहेको छ ।