कक्षा १२ को सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै हुने

काठमाडौं। आजदेखि शुरु भएको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा दिइने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नेपालीमा मात्रै प्रश्न सोधिने जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपालीमा मात्रै प्रश्न आउँछ ।
यसअघि कार्यालयले सुझाव लिनको लागि भन्दै नेपाली अंग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि शिक्षकहरुले विरोध गरेका थिए ।
सामाजिक अध्ययन विषयका शिक्षकहरुले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरेर विरोध जनाएका थिए । तर अहिले विदेशी विद्यार्थीहरुको लागि तयार पारिएको प्रश्नपत्र भएको नियन्त्रक कृष्ण प्रसाद शर्माले बताउनुभयो ।