कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्टि

काठमाडौं । भारतको जम्मू-कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवल-११, कालिकानगरका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ ।
आज न्यौपानेको त्रिवेणीमा अन्त्येष्टि गरिएको हो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ, लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको थियो । सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो । सुदीप आमा, बहिनी र ज्वाइँसहित घुम्नका लागि कश्मीर गएका थिए ।