सय वर्षकी कँडेलले भन्नुभयो, ‘कर्म गरे सफल भइन्छ’

२०७९ चैत ५ आइतबार १८:०३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ५ की सरस्वती कँडेलको शतवार्षिकीको अवसरमा विशेष कार्यक्रम गरी सम्मान गरिएको छ । एक सय वर्ष पुरा भएको जन्मदिनको अवसर पारी श्री सीताराम सप्तर्षी कँडेल–आदि कुल देवता मन्दिर भारद्वाज आश्रमले शतायु पुरा गर्नुभएकी सरस्वती कँडेललाई आइतबार सम्मान गरेको हो ।


वि.स. १९७९ चैत्र ५ गते बाग्लुङ दमेकमा बुबा वलीभद्र र आमा कुशी सापकोटाको कोखबाट उहाँको जन्म भएको हो । जीवनका उतारचढाव र दुःखलाई आत्मसात गर्दै कर्म गर्दा व्यक्तिको जीवन सफल हुने उहाँको बुझाई छ । 


सो कार्यक्रममा उपस्थित गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शताब्दी वर्ष पुरा गर्नुभएकी कँडेलका जीवनबाट पाठ सिक्न सकिने बताउँदै खानपानमा विशेष ध्यान दिन सके स्वस्थ हुन सकिने बताउनुभयो । ज्येष्ठ नागरिक समाजका धरोहर भएकाले सबैले सम्मान र माया गर्नुपर्ने उहाँले बताउनुभयो । 

vfm