राष्ट्रपतिको चुनाव फागुन २५ गते

२०७९ माघ १६ सोमबार १५:११:०० मा प्रकाशित

काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुने गरी आज सोमवार मिति तोकेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले यसबारे नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।