चितवनमा रवि लामिछानेको समर्थनमा प्रदर्शन

२०७९ माघ १४ शनिबार १५:१२:०० मा प्रकाशित

चितवन । चितवन क्षेत्र नं.२ बाट जितेका रवि लामिछानको समर्थनमा भरतपुरमा आज (शनिबार) प्रदर्शन भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको अगुवाईमा भरतपुरमा मोटरसाइकल ¥याली निकालिनुको साथै प्रदर्शन भएको हो । भरतपुरको विशाल चोकबाट निस्किएको ¥याली बाइपास सडक खण्ड हुँदै बसपार्क, चौविसकोठी, नारायणगढको पुलचोक हुँदै मेनरोड र आपटारी हुँदै पुनः विशाल चोकमा पुगेर समापन भएको छ ।

यसअघि पार्टीका कार्यकर्ता र शुभेच्छुकको विशाल चोकमा वृहत छलफल गरेका थिए । पार्टीका जिल्ला सचिव कृष्ण भुषालले रविको समर्थनमा शान्तिपूर्वक ¥याली निकालिएको भन्दै सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले पार्टीको केन्द्रीय निर्णय अनुसार थप कदम चाल्ने बताए ।