गैँडाकोट ४ का सुनौलो हजार दिनका आमालाई पोषणयुक्त खाना वितरण 

२०८१ बैशाख १४ शुक्रबार १८:११:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ४ मा सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ ।

गैँडाकोट नगरपालिकाले शुक्रबार गैँडाकोट ४ का विपन्न परिवारमा ४२ जना आमाहरुलाई पोषणयुक्त खाना, एक–एक क्रेट अण्डा वितरण गरिएको पोषण सहजकर्ता गिता सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइराला, गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । आगामी दिनमा गैँडाकोट ८, ९ र ५ मा पोषणयुक्त खाद्यान्न वितरण गरिने बताउनुभयो ।