गैँडाकोटमा आजबाट पठन संस्कृति अभियानको शुभारम्भ हुँदै

२०८१ बैशाख १५ शनिबार ०६:०४:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा आजबाट पठन संस्कृति अभियानको शुभारम्भ हुँदै छ ।

सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको आयोजनामा पठन संस्कृतिको अभियान सुरु हुन लागेको हो । पुस्तकमाथि समिक्षा गर्दै समसामयिक एवं वैचारिक विषयमा विचार–विमर्श गरिने संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो ।

समाज डिजिटल युगमा प्रवेश गर्दै गर्दा सामाजिक एकता, भेटघाट, सद्भाव, अध्ययन, विश्लेषण हराउँदै गएको सन्दर्भमा समाजमा पठनसंस्कृतिको अभियानबाट सकारात्मक चिन्तनतर्फ मोड्न आवश्यक भएको अध्यक्ष सापकोटाले बताउनुभएको छ ।

अभियानको पहिलो दिन पुस्तकको महत्त्वमाथि चर्चा गर्नका लागि साहित्यकार डा. नवराज लम्साल र सञ्चारकर्मी दिलभूषण पाठक लगायत स्थानीय स्रष्टा तथा सर्जकहरुको प्रस्तुती रहनेछ ।