देशभर थप १ हजार ७२८ मा कोरोना पुष्टि

२०७८ असार १५ मंगलबार १९:५४:०० मा प्रकाशित

गैँडाकोट, असार १५ । देशभर आज १ हजार ७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार ७२८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ४ हजार ४८९ एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, २४ घण्टामा ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।

गैँडाकोटका ५ सहित नवलपुरमा आज थप ३६ जनामा कोभिड १९ पुष्टि


नवलपुरमा आज मात्रै थप ३६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार आज थपिनेमा गैँडाकोटका ५ जना, देवचुलीका ५,कावासोतीका १३, मध्यविन्दुका ८,विनयी त्रिवेणीका २, हुप्सेकोटका २ जना  र अन्य ठाउँका १ जना रहेका छन् ।
 यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको सख्या ३८२ पुगेको छ ।  सवैभन्दा धेरै सक्रिय संक्रमितको सख्या कावासोतीमा ९० जना रहेका छन् भने गैँडाकोटमा ४८ जना रहेको कार्यालयद्धारा जारी सूचनामा जनाइएको छ ।
आज २१ जना निको भएपछि निको हुनेको कुल संख्या ४ हजार ७९० पुगेको छ ।  जिल्लामा कोभिड १९ को संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ । यो सँगै वैशाख १ देखि यतामात्रै निधन हुनेको कुल सख्या ८५ पुगेको छ । पहिलो र दोस्रो लहरको संक्रमणबाट जिल्लामा मृत्यु हुनेको कुल सख्या ११७ रहेको कार्यालयद्धारा जारी तथ्याङ्कमा जनाइएको छ । 


चितवनमा आज थप १२९ संक्रमित

चितवनमा आज थप १२९ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्यांक अनुसार आज थपिनेमा भरतपुर महानगरपालिकाका मात्रै ७८ जना रहेका छन् । 
खैरहनीका ८ जना, माडीका १०,रत्ननगरका १५,राप्तीका ४, कालिका नगरपालिकाका १२ र इच्काछाकामना गाउँपालिकाका २ जना रहेका हुन् । योसँगै चितवनमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १८२ पुगेको छ । जसमा १४ हजार ७६१ जना निको भएका छन् भने आज एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 


आजसम्म कोरोनाबाट कुल २८२ जनाले ज्यान गुमाएका छन् । जिल्लामा अव १ हजार १३९ जना निको हुन वाँकी रहेको कार्यालयले जानकारी दिएको छ । ती मध्ये ९९१ होम आइसोलेसनमा, १११ जना अस्पताल र ३७ जना संस्थागत आइसोलेसनमा रहेको कार्यालयले जानकारी दिएको छ । 

चितवनमा आज एकै दिन २ कोरोना संक्रमितको मृत्यु 

चितवनमा आज एकै दिन विभिन्न अस्पतालहरुमा २ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चितवनका १ जना र अन्य वाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । आज  भरतपुर अस्पतालमा १ जना र अन्य आइसोलेसनमा १ जनाको मृत्यु भएको हो । 
विगत २४ घण्टामा विभिन्न अस्पतालहरुबाट २८ जना निको भएर घर फर्किएका छन् ।  अझै २३३ जनाको उपचार भइरहेको छ । जसमा आईसीयूमा ९५ जना, भेन्टिलेटरमा १७जनाको,एचडीयूमा २४ जना र जेनरल वेडमा ११४ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।