गैँडाकोट ७ ले गर्यो जग्गा बर्गिकरण गरी आवसिय क्षेत्र बनाउने निर्णय 

२०७९ मङ्सिर १८ आइतबार १७:४०:०० मा प्रकाशित

गैँडाकोट नगरपालिका वडा नम्बर ७ ले जग्गा बर्गिकरण गरी आवसिय क्षेत्र बनाउने निणर्य गरेको छ । आइतबार वडा भेला आयोजना गरी वडा भित्र रहेको जग्गालाई वर्गिकरण गरी खेती योग्य जमीन र आवसिय जमिन छुट्टाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने निणर्य गरेको हो । 
वडामा भएका कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन ४ समिती गठन गरिएको छ । जसमा तारापति त्रिपाठी, इश्वरी जिसी, धन बहादुर कुमाल र छलिमाया परियार रहनुभएको छ । उनीहरुले वडा भित्र निमार्ण हुने भौतीक संरचानाको अवस्था, व्यवसायिक कर, बजेटको वाडफाड र महिला हिंसा लगायतको कार्यमा संयोजकको रुपमा काम गर्ने छन् । समितीले गरेको कामको अनुगमन भने गैँडाकोट नगरपालिका नगरउपप्रमुख शान्ति कोइरालाको अध्यक्षतामा हुने गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले बताउनुभयो । 
वडा भेलामा उपस्थित स्थानीयले आगामी दिनमा पुल निर्माण, बाटो कालोपत्र गर्ने कामलाई तिव्रता दिने, सुकुम्बासीको समस्या समाधान गर्ने लगायतका काम गर्न सुझाव दिएका छन् ।