नवलपुर २ बाट नेपाली काँग्रेसका विष्णु कुमार कार्की निर्वाचित (सबैको मत सहित)

२०७९ मङ्सिर ९ शुक्रबार १३:२०:०० मा प्रकाशित

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका विष्णु कुमार कार्की निर्वाचित हुनुभएको छ । कार्कीले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तिल बहादुर महत क्षेत्री (तिलक महत) भन्दा २ हजार २१ मत बढी प्राप्त गर्दै विजयी हुनुभएको हो । नवलपुर निर्वाचन क्षेत्र नम्बर २ बाट १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । 

नेपाली काँग्रेसका विष्णु कुमार कार्कीले ३६ हजार १ सय ४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तिल बहादुर महत क्षेत्रीले ३४ हजार ८३ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका शालिक राम न्यौपानेले ६ हजार ४ सय ४६ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु प्रसाद शर्माले ३ हजार २ सय ४३ मत प्राप्त गर्नुभयो । 

अन्य ८ उम्मेदवारले १ हजार मत कटाउन सकेनन् भने ७ उम्मेदवारले ५ सय मत कटाउन सकेनन् । ४ उम्मेदवारले ५० मत कटाउन सकेनन् भने स्वतन्त्र २ उम्मेदवारले १० मत पनि प्राप्त गरेनन् ।  

राष्ट्रिय जनमुक्ति पार्टीका सिंह बहादुर थापाले ६ सय १ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेलले ३ सय ६४ मत, नागरिक उन्मुक्ति पार्टी बुद्धिराम थनेतले ३ सय ६४ मत, मंगोल नेशनल अर्गनाइजेसनका ज्ञान बहादुर कुमालले २ सय ५१ मत प्राप्त गर्नुभएको छ । नेपाल लोकतान्त्रिक पार्टीका अम्मर बहादुर धामीले ४८ मत, स्वतन्त्र उम्मेदवार बाल कृष्ण कवर जोगीले ४६ मत, स्वतन्त्र उम्मेदवार मुक्ति प्रसाद पाण्डेयले ८ मत र स्वतन्त्र उम्मेदवार राम प्रसाद आचार्यले ४ मत प्राप्त गर्नुभएको छ ।     

नवलपुर क्षेत्र नम्बर २ मा १ लाख २९ हजार २ सय ८० मतदाता मध्ये ८५ हजार ३ सय ९९ जनाले मतदान गरेका थिए । जस मध्ये ३ हजार ४ सय ५१ मत बदर भएको थियो ।