नवलपुर १ (ख) बाट एमालेका रोशन गाहा दोस्रो पटक निर्वाचित

२०७९ मङ्सिर ८ बिहीबार १३:४९:०० मा प्रकाशित

कावासोती । नेकपा एमालेका नेता रोशनबहादुर गाहा पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र १ (ख) बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । यसअघि पनि उहाँ नवलपुरको निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित हुनुभएको थियो । 

गाहाले १७ हजार ८ सय २३ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भुर्तेलले १४ हजार १ सय १० मत प्राप्त गर्नु भएको छ ।

पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १(ख)मा ६७ हजार ६ सय ४६ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४५ हजार १ सय २९ रहेको थियो ।