गैंडाकोट खेलकुद समितिलाई खेलकुद सामग्री प्राप्त

२०८२ बैशाख २९ सोमबार १७:०३:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट खेलकुद समितिलाई खेलकुद सामग्री प्राप्त भएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर गैंडाकोट क्षेत्रीय रङ्गशालामा भएको कार्यक्रममा गैंडाकोट ९ निवासी हाल युके बस्ने नरबहादुर पाण्डे र उहाँको श्रीमतीद्वारा खेलकुद सामाग्रीहरु फुटबल प्रशिक्षणका लागी ३५ वटा फुटबल र जोन, प्लेट गैंडाकोट खेलकुद समितिलाई  उपलब्ध गराइएको हो ।


कार्यक्रममा गैंडाकोट खेलकुद समितिका सल्लाहकार बाबुराम कुमालले प्राप्त खेलकुद सामग्री गैंडाकोट खेलकुद समितिलाई हस्तान्तरण गर्नुभएको हो ।


 संस्थाका सल्लाहकार बाबुराम कुमालले प्राप्त खेलकुद सामग्री खेलकुद समितिलाई हस्तान्तरण गर्दै खेलकुद समितिको दर्ता गर्न निकै कठिनाइ भएको त्यो अवस्था र अहिलेको अवस्था निकै फरक रहेको बताउनुभयो ।


बुद्धजयन्तीको महत्वका बारेमा  विद्यार्थीहरूलाई जानकारी गराइएको अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । बुद्ध भगवानलाई सम्झिँदै असल सक्षम फुटबल खेलाडी नगरपालिकाबाटै उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्कीले बताउनुभयो ।


सम्पूर्ण अभिभावकहरूले आफ्ना बाबु नानीहरूलाई कस्तो खालको प्रशिक्षण गराउन चाहनुहुन्छ त्यसको लागि गैंडाकोट खेलकुद समिति तयार रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।  


गैंडाकोट खेलकुद समितिमा फुट्सल कोट, रङ्गशाला, कबर्ड हल, क्रिकेट प्राक्टिस जारी रहेको छ । कार्यक्रमको सहजीकरण नेपाल क्रिकेट संघ गण्डकी प्रदेशका कोषाध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो ।