किसान सहकारीका सिइओ पौडेलको निधन
 
    
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुुख कार्यकारी अधिकृत  गणेश शर्मा पौडेलको निधन भएको छ । ईलाका प्रहरि कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट ५ बस्ने बर्ष ४३ को गणेश शर्मा पौडेलको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।  नुहाउने क्रममा नदिमा चिप्लिएको बताइएको छ । 
बिहान साढे ६ बजे गैंडाकोट ५ कुसुमघाट स्थित नारायणी नदीमा स्थानियले देखी उद्वार गरी उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा सवा ७ बजे मृत्यू भएको गैंडाकोटका प्रहरि निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो । पौडेलका श्रीमती र २ छोरीहरु हुनुहुन्छ ।
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                            
                            
                            
                             
											 
											 
											 
											 
											 
											 
											 
                            