एमाले ६, कांग्रेस ३ र स्वतन्त्र पार्टी २ स्थानमा अगाडि

२०७९ मङ्सिर ५ सोमबार १०:३०:०० मा प्रकाशित

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएका छन् ।

एमालेले प्रतिनिधि सभामा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । एमालेले झापा २, धनुषा ३, बाँके ३ मा अग्रता लिएको छ । नेपाली कांग्रेसले भक्तपुर– २, झापा ३ र मुस्ताङमा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएको छ ।

स्रोत : नेपाल टेलिभिजन