लियो क्लब अफ गैँडाकोट मौलाकालिकाद्वारा विजय सामुदायिक स्वास्थ्य सचेतना 

२०७९ भदौ ३१ शुक्रबार १६:४३:०० मा प्रकाशित

गैँडाकोट
लियो क्लब अफ गैँडाकोट मौलाकालिकाले स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । पछिल्लो समय देशभर फैलिरहेको डेङगु संक्रमण कम गर्न विद्यार्थीहरुलाई सचेतना दिन विजय सामुदायिक शिक्षा सदनमा सचेतना कार्यक्रम गरेको हो । 
विद्यार्थीहरुलाई सचेत गराउनु भनेको अभिभावक र पुरै परिवारमा सचेतना दिनु जस्तै भएकाले विद्यालयबाट यो कार्यक्रम सुरु गरेको लियो क्लब अफ गैँडाकोट मौलाकालिका अध्यक्ष सरोज कँडेलले बताउनुभयो । 
कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य शान्ति न्यौपानेले स्वास्थ्यको ख्याल गर्न र लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्नुभयो । घर वरपर सरसफाई गर्न र खाल्टाखुल्टीमा पानी जम्न दिन नहुने भन्दै लक्षण देखिए उपचार गर्न सुझाव दिनुभयो । 
डेङगु संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्नु, थकान महसुस हुने, वान्ता हुनु लगायतका लक्षण देखापर्छ । डेङगुबाट बच्न लामखुट्टेको बच्नु नै उत्तम उपाए भएको स्वास्थ्यकर्मी सुदिपा पौडेलको भनाई छ । उहाँले लामो बाहुला भएको कपडा लगाउन, झुल लगाएर सुत्न सुझाव दिनुभएको छ । 
विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले विद्यालय छनौट गरेर सचेतना कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो । उहाँले विद्यालयले पनि यस्ता कार्यक्रमहरु गर्ने गरेको जानकारी दिनुभयो । 
सो सचेतना कार्यक्रममा लायन्सहरु हरि ढकाल, श्याम सुन्दर भुषाल, क्षितिज कँडेल, किशोर कँडेल, प्रविण कँडेल लगायतको विजय सामुदायिक शिक्षा सदनका कक्षा ७, ८ र ९ का विद्यार्थीहरुको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन भने लियो क्लब अफ गैँडाकोट मौलाकालिकाका पूर्व अध्यक्ष कविर गौतमले सञ्चालन गर्नुभएको थियो ।