महिलालाई आत्मनिर्भर वनाउन गैँडाकोटमा हस्तकला तालिम सुरु

२०७९ भदौ २७ सोमबार १६:५४:०० मा प्रकाशित

गैँडाकोट 
गैँडाकोट नगरपालिकामा आजदेखि आर्थिक रुपमा महिलालाई आत्मनिर्भर वनाउन हस्तकला तालिम सुरु भएको छ । थाकलको प्रयोग गरेर टोपी, व्याग, डाली, पर्स लगायतका हस्तकलाका सामग्री बनाउने तालिम सुरु भएको हो । गैँडाकोट नगरपालिका वडा नम्बर ८ र ९ का महिला दिदिबैनीहरु मध्येबाट १० जनालाई छनौट गरि सो तालिम १ महिनासम्म दिइनेछ । गैँडाकोट नगरपालिकाको सहयोग र ओम राजश्री मल्टी एग्रो प्रा.ली काठमाडौँको आयोजनामा आजदेखी त्रिनेत्र प्रतिष्ठान गैँडाकोटमा सो तालिमको शुभारम्भ भएको छ ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले तालिम पूर्ण रुपमा सिकेर आर्थिक सक्षमताको आधार बनाउन महिलाहरुलाई आग्रह गर्नुभएको छ ।  खेर गइरहेको थाकल र मकैको खोस्टोबाट टोपी, व्याग, डाली, पर्स लगायतका हस्तकलाका सामग्री बनाएर आर्थिक उपार्जन गर्नु राम्रो पक्ष भएको बताउनुभयो । 
यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख शान्ति कोइरालाले तालिम मात्र दिने नभई यसको बजारीकरणमा पनि आयोजक संस्था ओम राजश्री मल्टी एग्रो प्रा.ली काठमाडौँलाई सुझाव दिनुभएको छ । तालिमसँगै अव बजारीकरण र आर्थिक उपार्जनमा ध्यान दिनुपर्ने बताउनुभयो । आफूले सिकेका कुरा अरुलाई पनि सिकाउन सक्ने गरि काम गर्न महिलादिदि बैनीलाई तालिम लिन सुझाव दिनुभएको छ । 
गैँडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटाले हाम्रै वरपर रहेका सामाग्रीलाई प्रयोग र आर्थिक रुपमा निर्भर हुन सकिने बताउनुभयो । जागर र मेहेनत गर्न सक्ने खाली बस्ने अवस्था नआउने उहाँले बताउनुभयो । 
गैँडाकोट नगरपालिकाका पूर्व कार्यपालिका सदस्य कुमारी रेखा पौडेलले उद्यमी बन्न सक्नुपर्ने बताउनुभयो । वन जंगलबाट जिवीकोपार्जन गर्ने र त्यसैम निर्भर हुने महिलाहरुका लागि यो तालिमले सहजता थप्ने बताउनुभयो । अव उद्यमी बनेर कति कमाउने सहभागिकै हातमा रहेको उहाँको भनाई छ । 
ओम राजश्री मल्टी एग्रो प्रा.ली काठमाडौँका युवराज गैरेले जंगलमा प्रशस्त मात्रामा पाइने थाकलको प्रयोग गरेर बिभिन्न सामग्री उत्पादन गर्न सकिन्छ भन्ने सुरुवात आफैले नेपालमा गरेको बताउनुभयो । उहाँले स्वदेशमा मात्र नभएर विदेशमा पनि थाकल बाट  बनाएर हस्तकलाका सामानको माग हुने बताउनुभयो । 
सो तालिम शुभारम्भ कार्यक्रममा प्रशिक्षक कोपीला भुजेल, जनप्रतिनिधि, तालिमका सहभागि लगायतको उपस्थिती रहेको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन नगरपालिकाका रोजगार सेवा केन्द्र संयोजक तारा उपाध्यायले गर्नुभएको थियो ।