भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो....... ’ गीत सार्वजनिक

२०७९ भदौ २६ आइतबार १७:३१:०० मा प्रकाशित

नवलपुर
चर्चित गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो....... ’ नेपाली गीत सार्वजनिक भएको छ । विदेशमा बसेर नेपाली गित संगीतलाई माया गर्दै फुर्सदमा गीत गाउने र निकाल्ने गर्नुहुन्छ । विदेशी भुमिमा रहे पनि आफ्नो देश र संस्कृतीको संरक्षणका लागि गीत संगीतमा समर्पीत रहने गायक भण्डारीको भनाई छ । सो गीतको शब्द, संगीत र लय भगवान भण्डारीको रहेको छ । सो गीतमा म्युजिक एरेन्जर जुजु गुरुङ, ध्वनी मिक्षण खडक वाजुराली, रेकडिष्ट गोविन्द पराजुली रहनुभएको छ । यस्तै निर्माता सुशिल पंगेनी र निर्देशन शंकर विशिले गर्नुभएको हो । 
निर्माता सुशिल पंगेनीले अमेरिकामा बसेर नेपाली गीत संगीतलाई माया गर्दै आइरहनुभएको छ । जहाँ भएपनि नेपाली पन र नेपाली मन सँगै हुने हुनाले नेपाली गीत संगीतमै रमाइरहेको पंगेनीले बताउनुभयो । अव नेपालमा नै आएर गीत संगीत निकाल्ने पनि उहाँको भनाई छ । 
माया गर्ने मान्छेले छोडेर गएपछि सम्झनाले सताउने र अरुले सम्झाए पनि मनले नमान्ने शब्दभाव बोकेको यो गीतमा सपना आउने र विपनामा नभेटिने प्यारो मान्छेको सम्झनामा लेखिएको गीत । भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमा राखिएको यस गीत दर्शक रोजाइको गीत बनेको छ ।