अविच्छिन्न यात्राको सारथी विजय एफएम

२०७९ भदौ ५ आइतबार ०७:३७:०० मा प्रकाशित


अनुभुति

मेरो बाबा चाहनुहुन्थ्यो म केही यस्तो काम गरौँ जसले मेरो बाबालाई मेरो नामले चिनाओस् । तर विद्यालयका अतिरिक्त क्रियाकलापमा चासो नदिने, घरमा नयाँ मान्छे आएपछि कोठाबाट नै बाहिर ननिस्कने म, यसलाई कसरी बोल्ने बनाउने होला ? कसरी नबोली बस्न सक्छे यो भन्ने परिवार र आफन्तको प्रश्नको जवाफ खोज्दै आज फरक पहिचान बनाएको छु । के गरेर खान्छे होला ? कसैको अगाडी पनि बोल्दिने भन्नेका लागि बोलेरै खाने भएकी छु । कति बोल्न सक्छेस् आजभोली त भन्न थाल्नुभएको छ । म आत्मविश्वासी भएको छु । म आफ्ना लागि मात्रै होइन अरुका लागि पनि आवाज उठाउन सक्ने भएकी छु । म फरक भएकी छु, यो फरकपनको सारथी बनेको छ समुदायको आवाज विजय एफएम । 


आफुलाई मनपर्ने कर्म गर्न पाउनु भाग्य हो । आफुले गरेको कर्म मन पराउनु र त्यसैमा रमाउनु अहोभाग्य हो । त्यो भाग्यमानी अनि अहो भाग्यमानीको बीचमा मैले सदैव आफुलाई पाउँछु । म मेरो कर्ममा रमाउँछु र रमाएर कर्म गरिरहेको छु । हुन त कति कुरा नसुनेको पनि हैन । के काम गरेको होला ? कहिले बिहान ५ बजे हिडछेस् कहिले राती आउछेस् । छोड्दे काम भनेर तर म यसैमा खुसी छु भलै आफैले आफ्नो खुसीको गला निमोठ्न कसले सक्ला र ? 


मेरो रेडियो यात्राको कुरा गरौँ कान्तिपुर डेण्टल हस्पिटलमा काम गरेर परीक्षाका सिलसिलमा जागिर छोडेर बसेकी म फुर्सदमा थिएँ । यसैबीच बाबाले भन्नुभयो “गैँडाकोटमा नयाँ रेडियो खुलेको छ, एक पटक त्यो गएर बुझेर आइजा त ।”  कमै बोल्ने मान्छे म । छोरीले बोल्न नि सिक्छे भनेर होला बाबाले रेडियोमा जान भन्नुभएको । रेडियोमा गए, रेडियोको प्रमुख शिव लम्साल सर हुनुहुन्थ्यो उहाँले नै समाचार पढ्न भनेर मेरो हातमा पत्रिका दिएर रेकर्डिङ रुममा जान भन्नुभयो । त्यति डर त सायदै कहिल्यै लागेको थिएन होला मलाई । पहिलो पटक माइकमा डराएरै पढेँ । पछि फेरि केहि समयमै पढ्न लगाउनुभयो फेरि पढँे । सरले भन्नुभयो “माया प्रयास गरे सक्छौ तर मेहेनत गर्नपर्छ है ¤ भोलीदेखि आएर सिक्दै गर, नजाने सोध” ।  त्यो मेरो जीवनको अमूल्य खुसीको क्षण थियो । त्यसपछि आजसम्म मैले पछाडी फर्केर हेर्नु परेको छैन । कुनै काम म सक्दिन भनेर भन्नुअघि एक पटक सोचेको छु म निरन्तर रिर्पोटिङ गरिरहेँ । बिशेष त दाइजो प्रथा, नारायण मुग्लिङ सडकखण्डको रिपोटिङ र भोग्दै गरेका कठिनाई अनि त्यसपछिको सकारात्मक प्रतिक्रियाले दिएको खुसी । 


रेडियो यात्रासँगै मलाई टेलिभिजनमा बोल्ने अवसर पाएँ । म टेलिभिजन गएको २÷३ दिनमै समाचार भन्ने अवसर पाएँ । घरमा पनि कसैलाई थाहा थिएन समाचार पढेर घर आउँदै गर्दा परिवारको मुहारमा देखिएको खुसी अझै मेरो आखाँमा छ । भन्न पथ्र्यो हामीले नी समाचार पुरै हेथ्र्यौँ नी भन्दा अझ गौरवान्वित महसुस गरँे । नारी चेतना, स्वास्थ्य सवालमा आवाज उठाउँदै गर्दा नारी उत्थान केन्द्रको सम्मानले अझै खुसी थप्यो । म निरन्तर सञ्चारकर्ममा सक्रिय रहेर काम गरे । 


त्यससँगै म फेरि रेडियोमा आवद्ध भएँ । मेरो रेडियोमा बोल्ने सोख नै पुरा भएको रहेनछ भन्ने लाग्यो । म आज भन्दा ४ वर्षअघि समुदायको आवाज बनेको रेडियो विजय एफएममा आवद्ध भएँ । सुरु सुरुमा फरक लाग्यो काम गर्ने तौर तरिका, कर्मचारीबीचको सम्बन्ध र सौहार्दता अनि सहज काम गर्ने वातावरण । यति सहज वातावरण छ कि, म काम गर्दै गर्दा कहिलेकाहिँ विदाको दिनमा पनि एफएम पुगेको हुन्छु । म पुगे लगत्तै बेलुका ७ बजेको समाचारको जिम्मेवारी, केही कार्यक्रम, रिपोर्ट र फिल्डमा गएर काम गरँे । बाहिर सुनेको विजय एफएम र त्यहाँ भित्रको वातावरणमा अझै धेरै राम्रो पाएँ । मैले यहीँ ५ वर्षदेखी काम गरिरहेको छु । समाचार लेख्दा होस् वा रिपोर्ट जे छ तथ्य र सत्यमा आधारित भएर लेख्नुस् भन्दै हौसला प्रदान गर्ने सहकर्मी र व्यवस्थापनको प्रेरणाले मलाई विजयमा नै टिकाइरहेको छ । म सञ्चारकर्ममा परिपक्व बन्दै गएझँै लाग्न थालेको छ । 


श्रोताका समस्या र गुनासा रेडियोका आना समस्या बन्छन् । चाहे त्यो नमुना सञ्चारग्राम अभियान बनेर होस् चाहे गाउँघरको आवाज बनेर । म विजय एफएममा नै आएपछि मेरै गाउँठाउँलाई चिन्न पाएँ । पानी, बाटोका सुबिधा, सामान्य स्वास्थ्य उपचारका लागि हुने समस्या उजागरमा मेरो आवाज मिसाउन पाएँ । गैँडाकोट ३ र १८ कयौँपटक पुग्ने मौका पाएँ । गैँडाकोट ३ की पूर्णकला आमा ७० बर्षकी हुनुभयो । उहाँको काम गर्ने जोस जाँगर उत्तिकै छ । अहिले पनि भेट हुन्छ अनि भेट्ने बित्तीकै नानी तिमिले रेडियोमा बजाएको मेरो कुरा सबैले सुनेछन कति मिठो बोल्नुभएको भन्छन भन्दै मुस्कुराउनुहुन्छ । म यसैमा खुसी हुन्छु । विजय एफएम छ र मैले समस्या समस्या र सम्भावनाहरुमा आवाज मिसाउन पाएको छु । साँच्चिकै भुँइमान्छेको रेडियो हो विजय एफएम । जनप्रतिनिधि पनि नपुगेको गाउँमा विजय एफएमले जनप्रतिनिधिलाई लिएर पुगेको स्मरण छ । गैँडाकोटको उत्तरी सिमाना वडा नम्बर ३ को मार्के गाउँ गोरेटो बाटो हिड्न कहाँ सजिलो थियो र ? त्यहाका समस्या प्रत्यक्ष अनुभुति गरायो । विजय एफएम कहिले थाकेन अनि हामीलाई पनि उत्प्रेरणा दिइरह्यो आवाज विहीनका आवाज बन्नका लागि । 


दरो घर दीगो बस्ती र अन्य कार्यक्रम सञ्चालन गर्दै गर्दा आएका प्रतिक्रियाले मलाई हौसला दियो । रेडियो सञ्चालक, व्यवस्थापन पक्षको साथले उर्जा दियो । श्रोता आफन्तको मायाले आत्मविश्वास जगायो अनि म एफएमवाली माया बने । बाबा आमाको नबोल्ने मायाबाट । 


कार्यक्रम र रिपोटिङकै सिलसिलामा चितवन, नवलपुरका धेरै स्थान पुगेको छ । मलाई सहज थियो त भन्दिन तर म खुसी थिएँ भन्न सक्छु । एनसेट नेपालका कार्यक्रम निर्देशक सुमन प्रधान सरले भन्नुभयो “माया जी हाम्रो अफिसमा एउटा फोन आएको थियो भरतपुरबाट । त्यहाँ दरो घर दीगो बस्ती कार्यक्रम सुनेर कामदारलाई गर्ने व्यवहारमा घरधनिको बानी परिवर्तन भएछ ।” त्यो कार्यक्रम चलाउँदै गर्दा म आफैलाई धेरैले कार्यक्रम राम्रो छ भन्नुहुन्थ्यो ।  सायद मेरो अगाडी भएर भन्नुभयो होला जस्तो लाग्थ्यो तर सरले भने सँगै एकदमै खुसी लाग्यो । एक कार्यक्रम प्रस्तोतालाई यो खुसी अहोभाग्यले मात्र मिल्छ । समाचार पढेर अटोमा घर जाँदै थिँए, गैँडाकोट ५ को बाटो पिच नभएर सबैलाई समस्या थियो । मेरो आडैमा अटोमा बस्ने दिदिले भन्नुभयो, ‘बाटोमा कति खाल्डाखुल्डी हो ।’ अटो चलाउने दाइले अब १ महिना मात्रै दुःख हो त्यसपछि त राम्रो बाटो बन्छ रे हिजो मात्रै विजय एफएममा सुनेको मैले भन्दा मलाई औधी खुसी लाग्यो, किनकी त्यो समाचार मैले नै तयार गरेको थिए । उनीहरुलाई मैले रिपोर्टिङ गरेको थाहा नभए पनि, समाचारले पारेको प्रभावका साक्षी स्वयम् म आँफै थिँए ।  सद्भाव कार्यक्रम गर्दै गर्दा कोरोना संक्रमित श्रोताले आत्मविश्वास थप्यो भन्नुभयो । स्वास्थ्यकर्मीका आवाज बजाउँदै गर्दा उहाँहरुका समस्या गुनासासँगै त्याग समाजले बुझ्यो यसैमा पनि म खुसी भए । त्यसपछि लाग्यो खुसी हुन ठुलो कुरा नै चाहिदैँन भन्ने ।


यो मात्रै होइन कोभिडमा हरेक नागरिकको हौसला बन्यो विजय एफएम, समाजमा कोभिड भनेपछि नकारात्मक सोच बोक्ने र हतोत्साही हुने सबैका लागि सारथी बन्यो । म त्यसको अंग बन्न पाए । समाजमा सद्भाव फैलाउन सद्भाव बाँड्ने विजय एफएम विद्यार्थीका लागि पनि शिक्षक बनेर आयो । कोभिडमा नै कसरी अध्ययन अध्यापन अगाडी बढाउने बहस चलायौँ नयाँ प्रबिधिको रुपमा जुम प्रयोग गरि शिक्षाका लागि राष्ट्रिय अभियानको साझेदारीमा रेडियो सँगै जुम छलफल सञ्चालन गर्ने अवसर पाएँ । मेरो लागि सिकाइ र सिकाइलाई निखारता ल्याउन रेडियो गुरू बन्यो ।


सरोकारवालासँग, विद्यार्थीसँग, चिकित्सकसँग होस् वा गाउँका कुना कन्दरामा आवाजबाट आफन्त बनेर पुग्यो । त्यसैको एक भाग बन्न पाउँदा खुसी छु । बिषम परिस्थितिमा विजय एफएम डगमगाएन आफ्नो आवाजलाई अझै बुलन्द बनायो ।


हुन त कोभिडको समयमा स्वास्थ्य मापदण्ड पालना गरेर काम ग¥यौँ । एफएमका अध्यक्ष डा. भूमिराज चापागाईं सर, स्टेशन म्यानेजर श्रीधर उपाध्याय सर, सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्री सर र अन्य सर म्याडम र सहकर्मी साथीहरुको साथ सहयोग र हौसला रह्यो । पहिलो चरणमा नै मलाई कोभिड भयो तर अरुलाई हौसला दिने म आफै हार खान मानिन र कोभिडलाई जिँते । त्यसपछि झनै समाजलाई हेर्ने मेरो हेराई परिवर्तन गरायो । अहिले पनि रेडियोमा उत्तिकै राम्रा कार्यक्रम छन् । यति मात्र होइन १० वर्षे शसस्त्र द्वन्द्वका क्रममा पिडितहरुले न्याय नपाएका कैँयन कथाहरु बाहिर ल्याएको छ, साहस मार्फत । म त्यस कार्यक्रम हेर्दै आएको छु । कति प्रभावित हुनुहुन्छ अझै पनि म रेडियोमा आफ्ना कथा भन्छु भनेर फोन गर्नुहुन्छ । त्यो भन्नु नै सबैको मनमा बस्न सक्नु हो । निर्वाचनका बेला उम्मेदवार छनौटदेखि निर्वाचन महत्व बुझाउन पनि निर्वाचन पैरवी कार्यक्रम सञ्चालन गर्छौ म यसरी समाचार रिपोर्ट र कार्यक्रमको हिस्सा बनेको छु । म, म बनेको छु । मलाई म विजय एफएमले बनाएको छ । विजयको अबिच्छिन्न यात्राको सदैव सारथी बनिरहन पाउँ । 


विजयको ध्वनी तरङ्ग जस्तै म सदाबहार विजयको पाइलामा पाइला मिसाउनेछु । म सञ्चारकर्ममा रमाएकी सञ्चारकर्मी हँु । अनि रेडियोमा मेरो आवाज सुन्दै गर्दा तिमि त्यै माया हो ? भन्ने पनि हुनुहुन्छ । कसैसँग नबोल्ने, कम बोल्ने म आज हजारौँ लाखौँ श्रोतासँग रेडियोमार्फत आफ्नो आवाज सुनाउँदैछु । विजयले मलाई फरक बनेर अगाडी बढ्न प्रेरित गरेको छ । मेरो मेहनत र कर्मको सम्मान गरेको छ । त्यसैले त उत्कृष्ट संवाददाता र कर्मचारी भनेर मेरो सम्मान ग¥यो । यो मानलाई सधैँ शिरमा राखेर दबेका आवाजलाई लुकाइएका र लुकेका आवाजलाई बाहिर ल्याउने काम गर्नेछु । मेरो प्यारो कर्मथलोलाई १९ औँ बार्षिकउत्सवको शुभकामना । सधै जनजनको मनमनमा बस्नु ।