कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

२०८२ कार्तिक २२ शनिबार १२:५८:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । गत जेठमा नक्खु कारागारबाट छुटे लगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो । 

 

आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकिएको भट्टराईले बताउनुभयो । पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।