निवर्तमान उपप्रमुख कँडेलले प्रदेश सभा निर्वाचनमा उम्मेद्वारी दिने
 
    गैँडाकोट
नेपाली काँग्रेसको महासमिति सदस्य विष्णुकुमारी कंडेलले प्रदेश सभा निर्वाचनका लागि उम्मेद्वारी दिने सार्वजनिक गर्नुभएको छ । सोमबार दिउँसो सामाजिक सञ्जाल मार्फत नवलपुर १ (क) मा उम्मेद्वारी दिने बताउनुभएको छ । नवलपुर १(क) बाट गण्डकी प्रदेश सभा सदस्यका लागि उम्मेद्वारी दिने कुरामा आफू अडिग रहेको कंडेलले प्रष्ट पार्नुभएको छ । 
कंडेलको २०७४ सालमा गैँडाकोट नगरपालिकाको नगरउप्रमुख भई पाँच वर्ष गैँडाकोटको विकासका लागि काम गरेको अनुभव रहेको छ । उपप्रमुख रहँदा न्यायिक पाटोमा उत्कृष्ट न्याय सम्पादनको समेत अनुभव उहाँसँग रहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले यस अघि यसै क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो ।  
काँग्रेस नेतृ कंडेलले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ “नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नं १ क मा समग्र महिलाहरुको प्रतिनिधित्व गर्दै र संविधानले दिएको अधिकार प्रयोग गर्दै १ क बाट उमेदवारी दिने निर्णय गरेकि छु । आदरणिय अग्रज ,नेतागण सबैको सल्लाह सुझावको अपेक्षा गर्दछु । ”
 
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                             
											2025-10-31-06-02-26.jpeg) 
											 
											 
											 
											 
											 
											 
                            