केराबारीमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्द।। 

२०७९ श्रावण २० शुक्रबार ०६:२२:०० मा प्रकाशित

साउन २०,२०७९

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्द रहेको छ। भरतपुर  २९ स्थित केराबारीमा (मौरी खोला पुल नजिकै) पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा बर्षातका कारण लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गएराती २ बजे खसेको पहिरो डिभिजन सडक कार्यालय भरतपुरसंग समन्वय गरेर पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । 

फाइल फोटो