गैँडाकोटबाट सुनचाँदी चोरी गर्ने दुई पक्राउ 

२०७९ श्रावण १६ सोमबार १६:०७:०० मा प्रकाशित


गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटले सुनचाँदी चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

गैँडाकोटको विभिन्न वडाबाट फरकफरक समयमा घरभित्र प्रवेश गरी सुनचाँदी चोरीगर्ने दुईजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।

गैँडाकोट २ बस्ने ३५ बर्षका शरद गुरुङ्ग र १९ बर्षका अमित कुमाल (जंगे) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोट प्रमुख प्रशान्त श्रेष्ठले बताउनुभएको छ । उनिहरुलाई थप अनुसन्धानका लागि नवलपुर जिल्ला अदालत लगिएको छ ।