हनुमान मन्दिर समिति चक्रघाटको अध्यक्षमा टीकाराम सापकोटा चयन

२०७९ श्रावण ३ मंगलबार १७:२८:०० मा प्रकाशित


गैँडाकोट । श्री हनुमान मन्दिर समिति चक्रघाटको अध्यक्षमा टीकाराम सापकोटा चयन हुनुभएको छ । मन्दिरको नवौँ साधारण सभा एवं पाँचाँै अधिबेशनले आज नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा उमाकान्त सापकोटा, सचिवमा सीता गिरी वन, कोषाध्यक्षमा बुद्धिनाथ घिमीरे रहनु भएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा मणिभद्र कंडेल, लक्ष्मी गिरी वन, होमप्रसाद सापकोटा, शशिधर कंडेल र रामचन्द्र सापकोटा रहनुभएको छ । 
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा नारायण प्रसाद भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खुमनाथ पौडेल र ठुमादेवी सापकोटा रहनुभएको निवार्चन समिति संयोजक वेदप्रसाद गौडेलले जानकारी दिनुभयो । 
नयाँ कार्यसमितिले मंगलवार नै सपथग्रहण गरेका छन् । सपथग्रहण पछि बोल्दै मन्दिरका अध्यक्ष सापकोटाले मन्दिर परिसरमा आर्कषक फुलबारी, व्यवस्थित पार्किङ्ग र फिल्टर गरेको पानीको व्यवस्था गर्ने बताउनुभएको छ । 

कार्यक्रममा बोल्दै समाजसेवी एवं मन्दिर निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले नयाँ कार्यसमितिलाई सफलकार्यकालको शुभकामना दिदै सबै एक भएर अगाडी बढ्न आग्रह गर्नुभएको छ । उहाँले मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आग्रह गर्नुभयो । त्यस्तै निर्वाचन समिति संयोजक वेदप्रसाद गौडेलले मन्दिरलाई थप व्यवस्थित गराउदैँ आर्थिकोपार्जनको माध्यमको रुपमा विकास गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटा, निर्वतमान वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, नारायणी सामुदायिक वनका अध्यक्ष दिननाथ त्रिपाठी, कालिका संस्कृत विद्यापिठका प्राध्यापक रामचन्द्र कंडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।