‘तप्त चाँदनी’मा अभिरेखित वस्तुविन्यास

२०७९ श्रावण ३ मंगलबार ११:३७:०० मा प्रकाशित

                         

   

 

 

 

 

 

   –केशवराज आमोदी

सरल शब्दहरूसँग वर्षिदै
    सरस भावहरूसँग हर्षिदै
     ह्दयका कवितासँग सर्वदा
       बग बनी सरिता प्रिय शारदा
∕ (आवाहन) यसै काव्यबाट ।
१.  प्राक्कथन ः
     कुशल काव्यशिल्पी कवि गोविन्दराज विनोदीको वि. सं. २०१० साल श्रावण २८ गते पिता कृष्णानन्द सरस्वती र माता गौरादेवीका ज्येष्ठ पुत्ररत्नका रूपमा प्राकृतिक रमणीयताले रम्यमाण अन्नपूर्णा र माछापुच्छ्रेको काखमा अवस्थित कास्कीको रूपाकोटमा भएको हो । सम्प्रति गैंडाकोट नवलपरासीमा बसी स्वाध्ययन, शिक्षा, समाजसेवा, पत्रकारिता, कला र साहित्य सिर्जनामा पचासको दशकदेखि निरवच्छिन्न साधानारत कवि विनोदी स्वभावतः मृदुभाषी, विनयी, मिलनसार, परोपकारी तथा गुणग्राही हुनुका साथै दर्जनौं साहित्यिक र गैरसाहित्यिक संघ÷संस्थाबाट मात्र सम्मानित र पुरस्कृत नभई ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल नवलपरासीको भव्य समारोहद्वारा वि.सं. २०७५ साल पौष २८ गते रथारोहणसहित ऐतिहासिक र अविस्मरणीय नागरिक अभिनन्दन हुने शुभावसर प्राप्त गर्नुभएको छ । सोही समारोह समितिले विलक्षण प्रतिभाशाली कवि गोविन्दराज विनोदीको समग्र शिक्षा, कला, पत्रकारिता, समाजसेवा, साहित्यिक व्यक्तित्व–कृतित्व र जीवन–दृ्ष्टिको सा∙ोपा∙ परिचर्चा केन्द्रित गोविन्दराज विनोदी ः जीवन र सृष्टि (२०७८) नामक अभिनन्दन ग्रन्थ पनि प्रकाशित गरेको छ ।
     आशुकवि गोविन्दराज विनोदीका लालित्यमय, श्रुतिमधुर र कोमलकान्त पदावलिले अभिरमित हालसम्मका कृतिहरुमा कवितास∙्रह, गजलस∙्रह, बाल कवितास∙्रह, प्रबोधकाव्य र महाकाव्यको कवितायात्रामा समीक्षास∙्रहसमेत गरी सत्र थान काव्यकृतिहरु प्रकाशित छन् । प्रस्तुत समीक्षामा कविवरेण्य सोमनाथ जयन्तीका शुभावसरमा चर्चित साहित्यिक संस्था कोकगोष्ठीद्वारा प्रकाशित कविवर गोविन्दराज विनोदीको ‘तप्त चाँदनी’ (काव्य, २०७८) मा सन्निहित वस्तुताप्रति सतही चञ्चु–प्रवेश गरिने छ ।
     २. ‘तप्त चाँदनी’का सान्दर्भिक अभिलक्षणा ः
     संस्कृतकाव्य परम्परामा खण्डकाव्यको मूल्यवत्तालाई आदरपूर्वक ग्रहण गरिए पनि यसका रचनागत लक्षणहरु उति पाइदैनन् । सिद्धान्तकार आचार्य विश्वनाथले साहित्य दर्पणमा ‘खण्डकाव्यं भवेत्काव्यस्यैक देशानुसारि च’ को उल्लेख गर्दै सन्धिका पालनाबिना रचित सर्गमय ग्रन्थलाई काव्य मानेका छन् । त्यसो त खण्डकाव्य भनेको महाकाव्यभन्दा सानो जीवन र जगत् को कुनै एककोणीय वर्णित कविताको मझौलो रूप हो । त्यही मझौलो रूपमा विरचित ‘तप्त चाँदनी’कै सन्दर्भतिर केन्द्रित हुनु समीचीन होला ।
     कविकला छ कलात्मक उत्तम
       द्रुतविलम्बित छन्द छ माध्यम
         करुण कोमल भाव सनातन
           जति पढौं उति काव्य छ नूतन ।

उपर्युद्धृत रचना–अंश कोकगोष्ठीका सचिव सुप्रसिद्ध कवि प्रÞलाद पोख्रेलद्वारा ‘तप्त चाँदनी’को  प्रकाशकीय मन्तव्यमा अवतरित सिर्जनाले झैं पश्च बाÞयावरणमा छन्दसारथि रमेश खकुरेलको स्रग्धरा–वृत्तमा एकश्लोकीय र अर्का सिद्धहस्त कवि भुवनहरि सिग्देलको द्रुतविलम्बितमा प्रकटित सुललित समीक्षाले कृति समलड्ढृत छ । यसै लहरमा बहुप्रतिभाशाली कविवर विनोदीको आत्मनिवेदनले कृतिगत रचना–गर्भिततालाई उजागर गरेको छ । “चीनको वुहान प्रान्तबाट फैलिएको महामारी रोग कोरोना अर्थात् कोभिड–१९ले विश्वभरि आÇनो असर फिंजाउँदै गर्दा तात्कालिक लक–डाउनको उपयोग गरी वि. सं. २०७७ ज्येष्ठ ९ गतेदेखि २४ गतेसम्म दिनको सरदर २२ श्लोकका दरले १६ दिनमा नै ३५१ श्लोकद्वारा कृति तयार पारिएको सड्ढेतले कविप्रतिभामा आशुकवित्व परिबिम्बित भएको छ नै  साथै काव्यारम्भदेखि समापन नहुँदासम्म धारा प्रवाह द्रुतविलम्बितवृत्तमा कथोपकथन परिभ्रमित भइरहनु काव्यको अर्को विशेषता हो ।
३. ‘तप्त चाँदनी’मा अभिरेखित कथोपकथन ः
    कुनै एक पक्ष वा एकदेशीय सन्दर्भ रहनु खण्डकाव्यीय लक्षण मानिन्छ । यस दृष्टिबाट हेर्दा सामाजिक भावनाले प्रेरित भई स्वास्थ्यक्षेत्रमा गम्भीरतम निष्ठाका साथ समर्पित नारीलाई प्रमुख काव्य–नायिकाका रूपमा उभ्याई उसको कर्तव्यमय आदर्श जीवनको अन्तरकुन्तरलाई नियाल्दै कविको लेखनी प्रवाहित भएको छ ।
     काव्यिक पदयात्रा पोखराबाट तन्काई बेलाइतसम्म पु¥याउने साहित्य सिर्जनामा कविशिरोणि लेखनाख पौड्यालको झझल्को दिने गरी प्रसाद–गुणसम्पन्न सुमधुर काव्यकृतिको सिर्जना भर्ने राष्ट्रकवि माधव घिमिरेका तुल्य बिम्ब प्रतीक र अलड्ढारको सुष्ठुतर प्रयुक्तिसहित स्वच्छन्दतावादी परिष्कारवादी धाराको अनुभूति दिने गरी काव्य सिर्जना गर्ने कवि विनोदीका निम्न काव्य–तर∙बाट काव्यिक कथोपकथनसहित काव्यिक–कुशलताको सुमधुर रसास्वादन गर्न सकिन्छ । यथा–
     घनघटा–घटभित्र भरी जल
       शिखरका शिरबाट नुही तल
         पवनका पथमा जलकी परी
           हिंडिरहेसरि लाग्दछ सुस्तरी ।
(विराम १, पोखरा, २)

अब कतार–विमान कतारको
  झुनुनु तार समान सितारको
    लहरियो ध्वनि झट्ट हियारमा
       जलधिको जलहीन किनारमा ।
( विराम २, युनिभर्सिटी, ८)

प्रणयकी अब पूर्ण शशी बनी
  उदित छन् मनको नभमा उनी
    भइरहेछ  अहा ∕ ह्दयाचल
       अमृत वर्षिरहेसरि शीतल ।
( विराम–७, प्रशिक्षण–७ )

गगन शून्य छ शून्य छ चिन्तन
  भुवन शून्य छ शून्य छ जीवन
    भ्रम थियो हुनुको कि हुँदा उनी
      सृजन शून्य छ यो नहुँदा उनी ।
( विराम–१०, शोक–९ )

प्रकृति हुन् जगकी परिचारिका
  प्रकृति हुन् जननी प्रतिपालिका
    प्रकृतिकै ममतामय काखमा
        हुनु छ जन्म र लीन सबै यहाँ ।
( विराम–११, वेदना–३५ )

     काव्यको श्रीगणेश अतुलनीय प्रकृतिरम्य पोखराको सुरम्य चित्रणसहित कवि मुकुन्दशरण उपाध्याय र कविशिरोमणिको स्मरणले साहित्येतिहासको मा∙लिक स्पर्शको प्रतीति हुन्छ । अझ यो भन्दापूर्व वाणी–विलासकी देवी शारदाको आवाहनले कविलाई अध्यात्म–चिन्तनशील व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
     काव्य ११ ओटा विराम र २ श्लोकीय उपसंहारले संयोजित छ । कृतिलाई सहज र सुबोधगम्य बनाउन पोखरा, युनिभर्सिटी, सम्झना, तर्कना, दशैं, टिको, प्रशिक्षण, कोरोना, अवसान, विराम र वेदनाजस्ता बुँदायुक्त विधानले काव्य–दृश्यलाई आकर्षक र सुन्दर पारिएको छ । अन्ततः मुटुरोग चिकित्सक नगेन्द्रसँगको सुमधुर प्रणय–सूत्रमा राम्ररी बाँधिने कलिलो रहर साँचेर २३ वर्षीय काव्यनायिका कोरोनाबाट काल–कवलित हुनपुग्नु र पाठकको मनोदशालाई हठात् गहिरो शोक वेदनाको सागरमा चुर्लुम्म डुबाएर शोकलाई पुनः स्मारिकाका रूपमा  बदल्दै नायिकाको नामबाट “सरिता अस्पताल” खडा गरी नूतन सन्देशद्वारा काव्यको इतिश्री गरिएको छ ।
 ४. उपसंहार
     काव्यले मानवजीवनप्रति सकारात्मक सोच राखी प्रेरणाप्रद जीवन जिउने अविस्मरणीय शिक्षा दिएको छ । गुरुजनको शिष्यवृन्दप्रतिको लगाव, स्नेह र सहानुभूति अक्षुण्य रहने तथ्यको उद्घाटन विवेकपूर्ण तवरले भएको छ । द्रुतविलम्बित–वृ्त्तमा मनमुग्धकारी सरल, सरस र सहज शब्दसंयोजनद्वारा कलापूर्ण सुमञ्जुल एवम् ह्दयाÞलादकारी काव्य सिर्जनु कविको जादुमय शैल्पिक वैशिष्ट्य नै हो भने तप्त चाँदनीजस्तो विशिष्टतम काव्यकृति नेपालीसाहित्यको लागि उच्चतम प्राप्ति हो । यति रमणीय काव्य–पुष्प नेपाली वाङ्मयका मन्दिरमा अर्पित गर्नुहुने कविवर गोविन्दराज विनोदीको आरोग्यमय जीवन र यशोभिवृद्धिको कामनासहित कविवरकै कवितांश प्रस्तुत गर्दै लेखनी थाम्दछु–
     किन पस्यौ भन लोचनमा तिमी ?
       किन बस्यौ भन जीवनमा तिमी ?
         किन झिलिक्क बल्यौ अनि अल्पियौ ?
           स्मृति बनी मनमा किन अल्झियौ ?  

                                           –( विराम–१०, शोक–१८ )