अक्सफोर्ड कलेजमा १३२ जनाद्वारा रक्तदान 

२०७९ असार ९ बिहीबार १५:०९:०० मा प्रकाशित

गैँडाकोट २ स्थित अक्सफोर्ड कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १३२ जनाले रक्तदान गरेका छन् । अक्सफोर्ड कलेजमा भएको कार्यक्रममा ३३ जना महिला र ९९ जना पुरुषले रक्तदान गरेको कलेजका लेखापाल दिपक पराजुलीले जानकारी दिनुभयो । 
यसअघि अक्सफोर्ड कलेजका प्रमुख प्रो.ई. हरि भण्डारीले पहिलो रक्तदाता भिमप्रसाद भण्डारीलाई रक्त संकलन ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुुभएको थियो । कार्यक्राममा बोल्दै भण्डारीले हरेक वर्ष विद्यालयमा रक्तदान कार्यक्रम लगायत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । एक ब्याग रक्तदान गर्दा आफुलाई केही नहुने तर अर्को एकजनाको ज्यान बाच्ने बताउँदै उहाँले हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न जरुरी रहेको बताउनुभयो ।   
कार्यक्रम संयोजक सिभिल इन्जिनियरिङ्का विद्यार्थी शिशिर कुँवरले रगतको अभावलाई न्यूनीकरण गर्न हरेक सामाजिक संस्थाको दायित्व रहेको बताउँदै त्यो अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।