गैँडाकोट ४ मा रोपियो २ सय फलफुलका बिरुवा

२०७९ असार ४ शनिबार १७:५२:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ४ स्थित जयश्री सामुदायिक वन उपभोक्ता समूहको कार्यक्षेत्र रहेको चण्डिका मन्दिर परिसर रानीतालमा २ सय फलफुलका बिरुवा रोपिएको छ ।
वृक्षरोपण पूर्व आयोजित कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले प्रकृतिको संरक्षण गर्ने भनेको मानवले हो भन्दै वृक्षरोपक्षले वातावरणमा सकात्मक प्रभाव पार्ने बताउनुभयो ।
सव डिभिजन वन कार्यालय गैँडाकोटका फरेस्टर दिनेश केसीले वन बिना पानी सम्भव नरहेको बताउँदै पानी संरक्षणका लागि वृक्षारोपण अनिवार्य भएको बताउनुभयो ।  
सहमतिको सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश वस्ताकोटीले विकासका नाममा विनाश गर्न नहुने बताउँदै पानी संरक्षण, सिमसार निर्माण र वातावरण संरक्षणमा जोड दिनुभयो ।
जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरेले रोपिएका विरुवा र वातावरणको संरक्षण एक्लो प्रयासले मात्र सम्भव नहुने बताउँदै स्थानीयको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य शान्ता भूजेल, गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मोतीचन्द्र चालिसे लगायतको उपस्थिती रहेको थियो ।
गैँडाकोट नगरपालिका, जयश्री सामुदायिक वन उपभोक्ता समूह, सहमति र डब्लु डब्लु एफको सहकार्यमा आपका ३३, लिचिका ७७ र अम्बाका ३० गरी २०० बिरुवा रोपिएको सहमतिका सामुदायिक सहजकर्ता क्षितिज शर्माले जानकारी दिनुभयो ।  
कार्यक्रमको सहजिकरण जयश्री सामुदायिक वनका सहसचिव वुद्धिसागर अधिकारीले गर्नुभएको थियो ।