गैँडाकोटमा चोरीको घटना बढ्दै 

२०७९ असार ३ शुक्रबार १४:५६:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा चोरीको समस्या बढ्न थालेका छन् । आज गैँडाकोट ५ मा ४ वटा ट्याक्ट्ररको ब्याट्री चोरी भएको छ । गएराति गैँडाकोट ५ का विकास रिमाल, धर्मराज रिमाल र लिंकेज रियल स्टेटका ४ ट्याक्टरबाट ब्याट्री चोरी भएको इलाका प्रहरी कार्यलय गैँडाकोटले जनाएको छ । 
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अटोमा राति १२ बजे नगरपालिका आसपास केही युवाहरू देखिएको स्थानीयको भनाइ रहेको छ ।