गैँडाकोट २ नयाँबजारमा साथी मार्टको शुभारम्भ

२०७९ जेठ १२ बिहीबार १२:२५:०० मा प्रकाशित


प्रेम क्षेत्री,
गैँडाकोट । गैँडाकोट २ नयाँबजारमा साथी मार्ट सञ्चालनमा आएको छ । मार्टको गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा र गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटाले मार्टले स्थानीय उपभोक्तालाई सहज हुने बताउँदै गुणस्तरीय सेवामा जोड दिन आग्रह गर्नुभयो । गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले उपभोक्ताको माग अनुसार सेवा दिन आग्रह गर्दै सबै सामग्री सुलभ मुल्यमा उपलब्ध गराउन सुझाव दिनुभयो ।
मार्टका सञ्चालक एवं व्यवस्थापक यदु रिमालले मार्टको समुद्घाटनका अवसरमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताउनुभयो । सो अवसरमा नेपाली काँग्रेसका नगर सभापति बद्री सापकोटा, नव पारिजात टोल विकास संस्थाका अध्यक्ष डि.जि. गौतम लगायतले व्यवसाय सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शुभ टोल विकास संस्थाका अध्यक्ष वेदबन्धु रेग्मी, श्रीनगर टोल विकास संस्थाका अध्यक्ष अच्युतराज नेपाल लगायतको उपस्थिती रहेको थियो ।
गैँडाकोट १ निवासी यदु रिमाल र काठमाडौँ निवासी प्रदिप रावलको करिब ६० लाखको संयुक्त लगानीमा मार्ट सञ्चालनमा आएको हो । रिमाल पूर्व प्रहरी नायब निरिक्षक हुनुहुन्छ भने रावल १० वर्ष अष्ट्रेलियामा बसी स्वदेशमा नै लगानी गर्न स्वदेश आउनुभएको हो । सुधा रेग्मीको घरजग्गा १० वर्षका लागि भाडामा लिई मार्ट सञ्चालनमा ल्याएको व्यवस्थापक रिमालले बताउनुभयो । मार्टमा खाद्यान्न, किराना सामग्री, कास्मेटिक तथा पेय पदार्थ उपलब्ध छन् । साथी मार्ट काठमाडौँको अनुमतिमा मार्ट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।