जयश्रीमा कर्मचारीको विदाई 

२०७८ पौष ३० शुक्रबार १९:४६:०० मा प्रकाशित



गैंडाकोट। जयश्री सामुदायिक वन उपभोक्ताले कर्मचारीलाई विदाई गरेको छ । विगत पन्ध्र वर्ष देखि वनको कर्मचारीको रुपमा काम गर्दै आउनु भएका बाबुराम अधिकारीको उमेर हद पूरा भएपछि विदाई गरिएको हो । आज बाल उद्यान पिकनिक स्पोर्ट्समा एक कार्यक्रम गरि उहाँको विदाई गरिएको वन उपभोक्ता समूहकी सचिव गिता दाहालले जानकारी दिनुभयो ।
जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरेले जस्तोसुकै कठिन परिस्थितिमा काम गरेर वनको  संरक्षण र प्रर्वधन गर्न सहयोग गरेकमा धन्यवाद व्यक्त गर्नभयो ।
कार्यक्रममा प्रमुख अतिथि सव डिभिजन वन कार्यालय प्रमुख सूर्य सिहं गुरुङले जयश्री सामुदायिक वनको हरियालि बाबुरामको देन भन्दै प्रशंसा व्यक्त गर्नुभयो । 
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघं गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, सामुदायिक वन उपभोक्ता संघ नगर संघकी कोषाध्यक्ष शान्ता भुजेल,  गैंडाकोट नगरपालि वडा नं ४ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपाने, वडा नं ५ का वडाध्यक्ष नवराज कंडेल लगायतको उपस्थिति रहेको थियो ।