विजय एफएमलाई सम्मान

२०७८ पौष २४ शनिबार १५:०८:०० मा प्रकाशित

 

गैँडाकोट । नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर ईकाइले विजय एफएम १०१.६ लाई सम्मान गरेको छ ।

शनिबार संघको चौथो साधारण सभा एवं तेस्रो अधिवेशनको अवसरमा सम्मान गरेको हो । कोभिड १९ का कारण गरिएको लकडाउन र सो समयमा रेडियो कार्यक्रम माफर्त आम समुदायलाई स्वस्थ राख्न सुसुचित गर्नमा पु¥याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।

कार्यक्रमका अध्यक्ष नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर ईकाइका अध्यक्ष इश्वरीप्रसाद घिमिरे, प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले सम्मान पत्रद्वारा सम्मान गर्नुभएको हो । विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले सम्मान पत्र ग्रहण गर्नुभएको हो ।

संघले समुदाय स्तरमा गरेका स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, स्वास्थ्य अन्तरक्रिया, कोभिड स्वास्थ्य चर्चा रेडियो कार्यक्रम मार्फत विजय एफएमले सूचना तथा समाचार सम्प्रेषण गर्दै आएको थियो ।