रिमाल कूल व्यवस्थापन समितिको अधिवेशनबाट पुनः ईश्वरीनाथ रिमाल अध्यक्षमा चयन

२०७८ पौष ३ शनिबार १७:५०:०० मा प्रकाशित


रिमाल कुल व्यवस्थापन समिति गैँडाकोटले शनिवार नियमित कुल पूजन, साधारणसभा र अधिवेशन सम्पन्न गरेको छ । वयोवृद्ध डिल्लीराम रिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य हरिकृष्ण रिमालले स्वागत मन्तव्य एवं पूर्व सचिव बद्रीनाथ रिमाल, गण्डकी प्रदेश सदस्य शोभाखर रिमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नवलपुर देशका विभिन्न भागबाट ७५ घरपरिवारका दुई सय सदस्यले सहभागिता जनाएका थिए । सो कार्यक्रममा ७ जना वृद्ध सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा सचिवको प्रतिवेदन गोविन्द रिमाल र कोषाध्यक्षको प्रतिवेदन जुना रिमालले प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले आजै ईश्वरीनाथ रिमालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसअनुसार समितिको उपाध्यक्षमा श्याम रिमाल, सचिव गोविन्द रिमाल, कोषाध्यक्ष तीर्थराज रिमाल र सदस्यहरूमा हरिकृष्ण रिमाल, रामप्रसाद रिमाल, टेकप्रसाद रिमाल, कविचन्द्र रिमाल, निरू रिमाल, बलबहादुर रिमाल, कृष्णप्रसाद रिमाल, इन्द्रबहादुर रिमाल र पुजारी विष्णुहरि रिमाल रहनुभएको छ । अध्यक्ष ईश्वरीनाथ रिमालको अध्यक्षता रहेको सो कार्यक्रमको सहजीकरण सचिव गोविन्द रिमालले गर्नुभएको हो ।